भारतको नयाँ दिल्लीस्थित एक रेष्टुराँले पूर्व पाेर्नस्टार तथा अभिनेत्री सन्नी लियोनी र हलिउड पोर्नस्टार मिया खालिफाको नाम मेन्यूमा नाम राखेको छ।
रेष्टुराँको लोकप्रिय चप डिसमा यी दुई स्टारको नाम राखिएको हो। मेन्यूमा सनी लियोनी चप, बेबी डल चप र मिया खलीफा चप भनेर नाम दिइएको छ। सो मेन्यूलाई सन्नीले इन्स्टामा सेयर गर्दै लेखेकी छन्, ‘लोल’।
सनीको इन्स्टाग्राममा करिब ४ दशमलब ५ करोडभन्दा बढी फलोअर्स छन्। सनी पछिल्लोपटक वेब सिरिज ‘बुलेट्स’मा देखिएकी थिइन्। उनी नयाँ वेब सिरिज ‘अनामिका’मा पनि देखिदैछन्।