पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'ब्लग' पूर्णरुपमा बन्द

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : thedenverchannel.com
Photo : thedenverchannel.com

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सञ्चार मञ्च 'फ्रम द डेस्क अफ डोनाल्ड जे ट्र्म्प' पूर्ण रुपमा बन्द भएको छ।

ट्र्म्पका बरिष्ठ सहयोगी जेसन मिलरले सीएनएनसँग कुरा गर्दै ब्लग बन्द भएको जानकारी दिए। 

फेसबुक, ट्विटर जस्ता सामाजिक सन्जालले ट्रम्पमाथि प्रतिबन्ध लगाएपछि गत ४ मे देखि सञ्चालनमा आएकाे उक्त ब्लग किन बन्द भयो भन्ने विषयमा भने मिलरले केही बताएका छैनन्। उनले भने, 'हामीसँग पुँजी र जनशक्तिको कुनै अभाव थिएन तर पनि केही अपरिहार्य कारणहरुले ब्लग बन्द गरेका छौ।'

ट्रम्प समर्थक टेलिभिजन च्यानल 'फक्स टी भी' भने यस बिषयमा मौन छ। ब्लग सञ्चालनमा आउँदा निकै प्रचार-प्रसार गरेको फक्स टी भी यस बिषयमा नबोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

प्रकाशित मिति: : 2021-06-03 18:19:00

प्रतिकृया दिनुहोस्