एमाले एकतामा अलमल !

थाहा खबर

रमेश पराजुली

आन्तरिक विवादले नेकपा एमाले पार्टी फुटको संघारमा पुगेपछि दोस्रो तहका नेताहरूले एकताको पहल थालेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टी बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई एक्ल्याएर जान खोजेपछि पार्टी विभाजनको संघारमा पुगेको हो।

खनाल नेपालप्रति आक्रमक रुपमा प्रस्तुत भइरहेका ओली पछिल्लो समय दोस्रो तहका नेताहरूको दबावको कारण लचिलो बन्न बाध्य भएका छन्। यता, ओलीलाई सत्ताबाट हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गर्न हस्ताक्षर गरेका नेपाल समूहका नेताहरूसमेत पार्टी एकतालाई जोगाउन लागिपरेका छन्।

माधव नेपालसहितका नेताहरूलाई पार्टीको साधारण सदस्यबाट हटाइसकेको संस्थापन पक्षको मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताको लागि अन्तिम सम्म प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्। ‘पार्टी एकताको लागि विभिन्न कोणबाट छलफल भइरहेको छ। विवाद समाधान कार्यदल अहिले अस्तित्वमा छैन। कार्यदलमा रहेका साथीहरू कारबाहीमा परिसक्नु भएकाले आवश्यकता भए अर्को बन्नसक्छ’ उनले भने।

प्रकाशित मिति: : 2021-06-01 21:08:00

प्रतिकृया दिनुहोस्