कोरोना महामारीसँग यसरी जुध्दै छ ललितपुर प्रहरी (भिडियोसहित)

कोरोना महामारीका कारण उपत्यका लगायत देशका एकआध बाहेक सबै जिल्लाहरु बन्द छन्।

अत्यावश्यक सेवाका  सवारी साधन बाहेक अन्य सवारी साधनलाई चल्न दिइएको छैन।

कोरोना संक्रमण फैलिन सक्ने त्रासकै बीच नागरिकलाई काम नभएको समयमा घर बाहिर ननिस्कन आग्रह गर्दै प्रहरी दिनरात सडकमा खटिएको छ।

आफ्नो ज्यान जोखिममा हालेर नागरिकको लागी २४ घण्टा सडकमा खटिने प्रहरीका पनि बेग्लै पीडा छन्। ललितपुर, काठमाडौं र भक्तपुरमा निषधाज्ञा जारी भएको महिना बढी भयो। 

तुलानात्मक रुपमा सुरुका दिनभन्दा अहिले कोरोना संक्रमणको दर विस्तारै घटिरहेको छ। कारण हो– प्रहरीले जथाभाबी जताततै उपत्यकाबासीलाई निस्कन दिएन र अनावश्यक रुपमा भीडभाड हुनै पाएन।

गत बैशाख १६ गतेदेखि ललितपुरमा निषधाज्ञा जारी गरियो। 

एक वर्षसम्म बन्द भएर खुलेको केही महिनामै बन्दाबन्दी गरी नागरिकलाई फेरी घरभित्रै बस्न आग्रह गर्नु सामान्य छदैँ–थिएन। तर, ललितपुर प्रहरीले कोरोना संक्रमण फैलिन नदिन योजना बनायो। जुन नागरिकले सहजै माने र मानिरहेका छन्।
यसो–त ललितपुर प्रहरी प्रमुखको जिम्मेवारीमा रहेकी किरण बज्राचार्य एक सक्षम प्रहरी अधिकृतका रुपमा परिचित छिन्। उनी जहाँ जान्छिन् त्यहाँ एक नयाँ छाप छाड्ने गरेको चर्चा बेलाबेला हुने नै गर्छ।



जावलाखेल भलिबल क्लबका टीम म्यानेजर लागुऔषधसहित पक्राउ



उनै किरणको पछिल्लो नागरिकमैत्री बन्दाबन्दी योजनाले ललितपुरबासी महामारीको चपेटामा परेनन्। उनी नागरिकप्रति पूर्ण जिम्मेवार छिन्। कुनैपनि समय ललिपुरबासीसँगै छिन्।
सिपाई सरह चौबिसै घण्टा सडकमा खटिने एसएसपी किरणको कार्यशैलीका कारण आम–नागरिकले प्रहरीको कार्यलाई सघाउदै आएका छन्। 

निषधाज्ञालाई कडाई गरेकै कारण ललितपुरमा कोरोना संक्रमणको दर कम भएको प्रहरीको ठम्याई छ। 

देशभैरबाट हवाई मार्ग तथा स्थलमार्गबाट यसक्षेत्रको अस्पताललमा कोरोना संक्रमित ल्याउने गरिएको छ।

‘देश महामारीको चपेटामा छ। हामीले आफ्नो ज्यानको माया गरेर कार्यालयभित्र सिमित हुने हैन। नागरिकका पीर–मर्का बुझ्नु नै हाम्रो कर्तव्य हो,’ बिएल नेपाली सेवासँगको कुरामा एसएसपी बज्राचार्यले भनिन्।

उनका अनुसार महानगरीय प्रहरी प्रहरी परिसर ललितपुरमा ट्राफिक प्रहरीसहित करिब १ हजार ५ सयको हाराहारीमा कर्मचारी कार्यरत छन्। 

स्वास्थ्य सुरक्षा निर्देशिका पालना गरेकै कारण ललितपुर प्रहरीमा कोरोना संक्रमण एकआध संख्यामा मात्रै देखिएको छ। 

‘स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण पालना गरेका छौं। जसका कारण हामी अहिलेसम्म सुरिक्षत छौं। एबआध केहीमा कोरोना देखिएको छ।

कोरोना संक्रण भएका प्रहरी कर्मचारीलाई हामी एकदमै सुरक्षित राखेका छौं,’ एसएसपी बज्राचार्यले भनिन्।

निषधाज्ञाको पूर्ण पालना गराएका कारण ललितपुरमा कोरोना संक्रमण नफैलिएको उनको भनाई छ।

‘सडकमा बसेर चेकजाँच गर्ने प्रहरीलाई अनिवार्य पीपीई गरेका छौं। त्यतीमात्र हैन, स्वास्थ्य सामाग्रीहरु संँगै राखेका हुन्छौं। डिउटी सकेर बासस्थानमा आउने बेला पूर्ण सेनिटाईजर गरेर मात्र भित्र छिर्ने ब्यवस्था गरेका छौं,’ उनले भनिन्। 

निषधाज्ञामा अत्यावश्यक काम परेर बाटोमा निस्केकालाई प्रहरी आफैले समन्वय गरी जानुपर्ने स्थानसम्ममा पुर्याउदै आएको छ। 

‘निषधाज्ञा छ। काम बिना हामी कसैलाई निस्कन दिँदैनौ। तर महत्वपूर्ण काम रहेछ वा कहिकतै बिमारी भयो। कसैलाई औषधि चाहियो। यस्तो बेला बाहिर निस्केकालाई हामीले (को–अर्डिनेशन) गरी सम्बन्धित ठाउँमा पठाउने गरेका छौं,’ एसएसपी बज्राचार्यले भनिन्।
‘नागरिकले जथाभाबी हिँड्डुल गर्न प्रहरीलाई ठग्ने भन्दापनि रोगबाट बच्नु ठूलो कुरा छ,’ उनले भनिन्, ‘यसमा नागरिक आफै सचेत हुनुपर्छ। प्रहरी लागेर मात्र हुँदैन। प्रहरीले गरेको कार्य आम नागरिककै लागी हो। यो कुरा बुझ्न जरुरी छ,’ एसएसपी बज्राचार्य भन्छिन्।


फोटो/भिडियो शनी शाक्य/बिएल नेपाली सेवा 

प्रकाशित मिति: : 2021-06-01 19:38:00

प्रतिकृया दिनुहोस्