बलिउडका अभिनेता अजय देवगनले कोरोना महामारीकोबीच नयाँ घर खरिद गरेका छन्। उनले जुहूमा भारतीय ६० करोडमा घर किनेका हुन्।
एक अंग्रेजी न्यूज वेबसाइटसँग कुराकानी गर्दै अजयका प्रवक्ताले जुहूमा अभिनेता देवगनले नयाँ घर किनेको पुष्टि गरेका हुन् प्राप्त जानकारी अनुसार, अजय एक वर्षदेखि नयाँ घरको खोजीमा थिए।
हाल बसिरहेको घरको रेनोभेसनको काम एक कम्पनीलाई दिएकाले उनी नयाँ घरमा सिफ्ट हुन चाहेका थिए। त्यसैले गरी जान्हवी कपूर, अर्जुन कपूर, ऋतिक रोशन, आलिया भट्ट र अमिताभ बच्चनलगायतले पनि घर किनेका थिए।