इलिनोय र आयोबा राज्यका नेपाली समुदायहरुबाट महाविर पुनलाई १६ हजार डलर आर्थिक सहयोग

इलिनोय र आयोबा राज्यका चार शहर (क्वाड सिटी) मा बसोबास गर्ने नेपाली समुदायहरुले राष्ट्रिय अविष्कार केन्द्रका परिकल्पनाकार र अध्यक्ष महाविर पुनलाई १६ हजार डलर आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

बुधबार आयोबा राज्यको डेभंन पोर्ट शहरमा पुनलाई स्वागत गर्दै उक्त सहयोग रकम हस्तान्तरण गरिएको क्वाड सिटी नेपाली सोसाइटीका अध्यक्ष रमेश के सीले जानकारी दिए। 

'कोरोना महामारीले नेपालको अवस्था भयावह बन्दै गइरहेको संकटमा हामीले सानो सहयोग गरेका हौँ', केसीले भने। 

स्वागत कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुले पुनसँग आफ्नो जिज्ञासा राखेका थिए। पुनले नेपालको अवस्थाबारे जानकारी दिदै जिज्ञासाहरुको जवाफ दिएका थिए।  

प्रकाशित मिति: : 2021-05-28 08:26:00

प्रतिकृया दिनुहोस्