गरिबी हटाउन चीनले अपनाएकाे 'स्टोन सुप' रणनीति हामीले किन नअपनाउने ?

शिलापत्र

काठमाडौँ

  चिरन कोइराला

कमेडियन चार्ली चाप्लिन भन्थे, 'वास्तविक जीवनमा जुन गरिबी मेरो जीवनका लागि कारण थियो, त्यही गरिबी अरु कसैका लागि कमेडी हुँदोरहेछ ।' उनी नहाँसीकन बिताएको दिन बर्बाद गरेको दिन हो भन्ने गर्थे ।

आजको सन्दर्भमा पनि उनको भनाइ हामीलाई उत्तिकै सान्दर्भिक छ । अधिक संख्याका मानिसहरूको गरिबी केही मुट्ठीभरका मानिसहरूको कमेडी भएको छ । मुट्ठीभरलाई गरिब र गरिबी मन पर्छ, त्यसैले त उनीहरू गरिबीको व्यापार गरिरहेछन्, मानवीय संवेदनामाथि कमेडी चलाइरहेछन् । पुँजीवादी समाजमा नाफाका लागि आफ्नो फासीको डोरी बनाउन पनि पुँजीपतिहरूले प्रतिस्पर्धा गर्छन् (माओ त्सेतुङ) भनेझैँ शक्तिशाली व्यक्ति, निकाय, ठूला व्यापारिक घराना, व्यापारिक प्रतिष्ठान विश्व कोरोना महाव्याधिले रोइरहेको समयमा पनि कमिसनको साँठगाँठ गरिरहेछन् । यो यस्तो समय भएको छ, जहाँ गरिब सम्पूर्ण रूपले असुरक्षित महसुस गरिरहेको छ भन्दा अतिशयोक्ति नहोला ।

हामीलाई थाहा छ, आजको विश्वको प्रमुख चुनौती गरिबी हो । स्वच्छ, सफा र पोषणयुक्त खाद्यवस्तु, पिउने पानी, स्वच्छ वायु एवं वातावरणमा जिउन पाउनु मानवलगायत यस पृथ्वीका सम्पूर्ण प्राणी जगत्‌को अधिकार हो । गरिबीको समस्या मूलतः संसाधनको आर्थिक असमानता तथा असमान वितरण एवं शोषण, दमनले उत्पन्न हुन्छ । मानवीय पहिचान एवं सम्मानयुक्त जीवनको हरणबाट गरिबी जन्मन्छ । पहुँचवाला तथा शक्ति प्राप्तवालाले प्राकृतिक स्रोतको अत्यधिक दोहन, मनोमानी प्रयोग तथा उच्च सीमित वर्गको हालीमुहालीका कारण अभाव बढ्न जाने र समाजको ठूलो हिस्सा गरिबीको सिकार हुने गर्दछ र यस्तो गरिबी 'पुअर इज पुअर, बिकाउज हि इज पुअर' भन्ने सोचबाट टिकिरहन्छ ।

प्रकाशित मिति: : 2021-05-27 14:19:00

प्रतिकृया दिनुहोस्