भारतमा दुई दिनयता पुनः कोरोना संक्रमितको संख्यामा वृद्धि

File photo
File photo

भारतमा फेरि कोरोना महामारीको संक्रमण बढेको छ। दुई दिनयता भारतमा कोरोना संक्रमितको संख्या बढेपछि सरकार पुनः चिन्तित देखिएको छ। 

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार २ सय ७५ देखिएको थियो। गत साता यहाँ कोरोना संक्रमितको संख्या घट्दो क्रममा थियो। तर, दुई दिनयता संक्रमणको संख्या बढ्न थालेपछि सरकार अतिरिक्त सुरक्षामा जुटेको छ। २४ मेसम्म कोरोना संक्रमितको संख्या २ लाख नाघ्न पाएको थिएन। तर, २५ मेयता २ लाख कटेको छ। 

भारतमा दुई दिनयता मर्नेको संख्यामा पनि बृद्धि भएको छ। बुधबार मात्र ३८ सय ४१ जनाको निधन भएको थियो। भारतीय स्वास्थ्य विभागका अनुसार कोरोनाको ‘एक्टिभ केस’ मा भने कमि आएको छ।

भारतमा हालसम्म २ करोड ७३ लाख मानिस कोरोना संक्रमित भइसकेका छन्, समा २ करोड ४६ लाख ठिक भएको बताइएको छ। अहिले पनि २४ लाख १५ हजारको उपचार भइरहेको छ भने ३ लाख ११ हजार मानिसको निधन भइसकेको छ। 

अहिले भारतको १९ राज्यमा ‘लकडाउन’ जस्तै कडाईं गरिएको छ। यसमा हिमाञ्चल प्रदेश, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड, छत्तिसगढ, ओडिसा, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक, केरल, तमिलनाडु, मिजोरम, गोवा, तेलंगाना, पश्चिम बंगाल र पुडुचेरी समावेश छन्।

प्रकाशित मिति: : 2021-05-27 13:48:00

प्रतिकृया दिनुहोस्