सरकारी कर्मचारी विक्रम विश्वकर्मा भन्छन्– बेड नपाउँदा स्वास्थ्य अवस्था गम्भीर बन्यो

सरिशा अछामी

नीलकण्ठ नगरपालिका–७ धादिङका स्थायी बासिन्दा विक्रम विश्वकर्माले वैशाख १७ गते कारोना विरुद्धको चाइनिज भेरोसेल खोप लगाएका थिए। खोप लगाएको तीन दिनपछि उनी बिरामी परे। वैशाख २२ मा उनलाई कोरोना पजेटिभ देखियो।

सरकारी कर्मचारी उनी धादिङ अस्पतालको सूचना अधिकारी तथा अस्थायी कोभिड–१९ अस्पताल धादिङको फोकल पर्सन हुन्। वैशाख १५ गते धादिङमा अस्थायी कोभिड–१९ अस्पताल सञ्चालन गर्ने निर्णय भएसँगै उनी त्यसको व्यवस्थापनमा खटिएका थिए। त्यस्तै, आफूसँगै खोप छुटेका २५ स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालय नुवाकोटसँग समन्वय गरेर खोप लगाउने व्यवस्था पनि उनैले मिलाएका थिए। तर, खोप लगाएको तीन दिनमै उनी बिरामी परे।

आफूलाई कोरोना देखिएपछि वैशाख २२ देखि २७ गतेसम्म उनले धादिङको अस्थायी कोभिड–१९ अस्पतालमै उपचार गराए। २७ गते उनलाई निमोनिया देखियो। डा. त्रिभुवन चन्द्र झा र अध्यक्ष महेन्द्र धमलाको पहलमा वैशाख २७ को साँझ उनलाई त्रिशूली अस्पताल नुवाकोटमा आइसियुमा उपचारका लागि रिफर गरियो। तर, उनले त्यहाँ आइसियु बेड पाउन सकेनन्।

प्रकाशित मिति: : 2021-05-24 14:45:00

प्रतिकृया दिनुहोस्