खासगरी नेपालमा हरेक दिन केही न केही पर्व र दिवस परिरहन्छन्।
यी पर्वहरुलाई विभिन्न तरिकाकाे मनाउने गरिन्छ। तर मैले भने अब उपरान्त हरेक वर्षको जेठ १० लाई काेलाे दिनकाे रुपमा मनाउने निधाे गरेकाे छु।
याे कारण लगभग सबै नेपालीलाई थाहा छ। रुकुम पश्चिमकाे याे घटना गत साल जेठल १० मा क्रूर, निर्मम र कायरतापूर्ण तरिकाले निर्दाेषहरुकाे हत्या गरिएकाे दिन हाे।
सायद रुकुम राजनीतिक तथा विकासमा अब्बल जिल्ला पनि हाे। थुप्रै पूर्व मन्त्रीहरु र जनार्दन शार्मा जस्ता पूर्व गृहमन्त्री भइसकेका मान्छे पनि त्यहिँ छन्। एउटा कथन छ नी, युद्ध र प्रेममा हरेक चिज जायज हुन्छ। तर त्यहाँ कुनै युद्ध त थिएन तर प्रेम भने जायज थियाे र सत्य पनि।
यहाँ प्रेम गरेकै कारण नवराज विकलाई दाेषी करार गरिएको थियाे भने अन्य सबै निर्दाेषलाई अन्तरजातीय विवाह गरेकै कारण दाेषी बनाइएको थियाे। हाम्राे आँखाबाट काेही पनि दाेषी छैनन्। के माया गर्नु अपराध हाे? के मान्छेले मान्छेसँग प्रेम गर्न पाउँदैन? यदि पाइदैन भने सिकाइयाेस्, मान्छेले अर्को कुन प्राणीसँग प्रेम गर्ने हाे? राज्यका मतियारहरुलाई मेराे प्रश्न।
मैले पढेकाे शिक्षा, मैले बुझेको शिक्षा भनेकाे समाज वर्ग विहिन र जातविहिन हुनुपर्छ भन्ने हाे तर, यहाँ याे त आकासकाे फल जस्तै छ। याे उल्टिन, पल्टिनकाे लागि याे व्यवस्थालाई जरैदेखि उखेलेर फाल्नुकाे विकल्प छैन। यस्ता नायकहरुबाट सम्भव पनि छैन। यीनिहरुकाे पनि चिरफार हुनै पर्छ। अन्यथा गरिव, निमुखा उपेक्षित, उत्पिडितहरुले सु-शासन र न्याय पाउन काँसी जानू पर्नेछ।
नेपालमा जहानिया राणा शासन, एकतन्त्रीय राजतन्त्रमा पनि दलित समुदायले अनेकौं दु:ख, कष्ट भाेग्दै आएका हुन्। याे सिलसिला आज देशमा प्रजातन्त्र, गणतन्त्र आई सक्दा पनि राेकिएकाे छैन।
कुनै २०/२२ भएकाे छैन। हुनेवाल पनि छैन। देश आज डन, महाकाली बेचुवा, अपहरणकारी, ठेकेदार, भू-माफिया, भ्रष्टाचारी, देशी-विदेशी दलालहरुकाे हातमा छ।
याे व्यवस्थाले प्रेम गर्नेलाई न्याय देला भन्नु कल्पना बाहिरकाे कुरा हाे। नेपालमा विगतमा गरिखाने वर्ग सधै उपेक्षामा परिआएका छन्। याे कुरामा हामी काेहि कसैको दुई मत नहाेला। नेपालमा कानून नभएका पनि हाेइनन्। तर आजसम्म नेपालमा जे जति नीति नियम कानूनहरु बने, ती सबै कानून साेझा साझा र केबल गरिबहरुका लागि बने।
अझ प्रष्ट रुपमा भन्नू पर्दा वर्ग विभाजित रुपमा मात्रै बने जाे सत्ता, शक्ति ,पावर, पैसा र पद प्रतिष्ठामा हुनेहरूलाई केही झुकेर हिँड्नु पर्ने चक्र आज सम्म राेकिएकाे छैन।
सत्ताबाट सबैभन्दा बढी लाभ लिनेहरुले नै बढी बेइमानी गरिरहेका छन्। हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणहरु छन् जाे आज पनि अदालतका दराजमा भरिभराउ छन्, सायद कयौंमा ढुसी लागेर सढिरहेका छन् भने कयौं कागजमा लाग्ने किरा लागेका छन्। न्यायका अवशेषहरु आफै मेटिने तरखरमा छन्।
जुन कुरामा वास्तविक पीडितकाे पहुँच कहिले पुग्न सकेके छैन। किनभने एकजना कुनै नेता जनताको घर दैलाेमा सजिलैसँग भाेट माग्न जाँदा खुट्टा ढाेक्न सक्छ तर पीडितले न्यायालय पुग्न खाेज्दा अनेक तरिका अपनाई ठुला झालजेल र सुरक्षा रुपि पर्खालहरु लगाइन्छ। त्याे कहिले पनि गरिखाने वर्गकाे पहुँचमा हुन सक्दैन र हुदैन पनि।
हामीले वर्षाैंदेखि भाेग्दै आएकाे ठूलाे पीडाकाे भारी पनि यही हाे। केही थान कर्तुतहरु पावर र पैसामा बिक्री हुने गरेका छन्। याे बहसकाे विषय हाे। तर गत साल रुकुमकाे घटनामा त्यहाँका स्थानीय नेता, प्रशासन, राज्य काे-काे कसरी चुके भन्ने कुरा घाम जतिकाे छर्लङ्ग छ।
किनभने अनाहकमा मृत्युवरण गरेकाे ति निर्दाेषहरुले वर्ष दिन वितिसक्दा पनि न्याय पाउने कुनै आशा देखिएकाे छैन। सरकार माैन छ। शासकहरु सत्ताकाे खेलमा लिप्त छन्। काेराेनाले चाहेर पनि हामी यतिबेला आन्दोलन, नारा जुलुस गर्न सक्ने अवस्थामा छैनौं। त्यसैले तैँ चुप मै चुपकाे स्थिति आइलागेकाे छ।
नेपालमा कथित तल्लो जातकाे नाममा आखिर कहिले सम्म नवराज विकहरुले अकालमा मृत्युवरण गरिरहनु पर्ने हाे? मान्छे-मान्छे माथिकाे विभेद कहिले सम्म सहनु पर्ने हाे?
हामीलाई कि याे देशबाट देश निकाला गर। हाेइन भने नवराज विकहरुलाई न्याय देउ। नभए तिम्रो आदर्शवादी कानून परिवर्तन गर र उल्लेख गर 'गरिखाने वर्ग पावर, पहुँच नहुने वर्गका मान्छेले न्याय पाउदैन। राज्यका उच्च अहाेदाका मान्छेकाे लागि मात्रै हाे याे देश । झन्डावाला मन्त्री र सुकिला मुकिलाहरुले मात्रै न्याय पाउँछन्। अरुले पाउँदैनन्।'
साथै याे पनि घाेषणा गरियोस्, 'सत्ता सिमित भराैटेहरुकाे पैत्रिक सम्पत्ति हाे' भनेर। हाेइन भने नवराज विकहरुले न्याय किन नपाउने? के उनी गुण्डा नाइके हुन? अपराधी हुन कि, युद्ध मैदानमा उत्रेका सिपाही हुन? हाेइनन् भने कथित जातका आधारमा प्रेम गरेकै भरमा मारिनु याे कहाँकाे न्याय हाे?
सायद यति कायरता पुर्वक त युद्धमा पनि मान्छे मारिदैन। जुन रुकुमले इतिहास कायम गर्याे। सारा गाउँलेहरु लागेर चारैतिरबाट घेरा हालेर लेखेटी लखेटी मारिनु भनेकाे चानचुने कुरा हाेइन। अच्चमकाे कुरा त के छ भने याे घटना घटेको दुई वटै जिल्लामा याे देशका ठुला दल ठुला कहलिने पार्टीका दुई जल्दाबल्दा पूर्व गृहमन्त्रीहरु छन्। उनीहरुले न्यायकाे लागि पहल गरेकाे खै? उनीहरु पनि अर्को देशमा घटेकाे घटना झैं माैन किन बसे? नवराज विकहरु तिम्रा भाेटर हाेइनन्? उनीहरु अनाहकमा मारिदा पनि न्याय पाउदैनन् भने तिमिहरुलाई भाेट दियर सत्तामा पर्याउनुकाे के अर्थ? के हाम्राे भाेट तिमीहरुकाे निजी स्वार्थ पूरा गर्नका लागि हाे?
हिजाे मेरा बाजेले भाेट दिए। मेरा बा ले भाेट दिए। हामीले पनि तिमीहरुलाई नै भाेट दियाैं। बदलामा तिमीले हाम्राे प्रेमकाे मेराे हत्या गर्याै। हामी यसरी बुझ्छाैं र हाम्राे नयाँ पुस्ताले पनि यहि सिक्नेछ। त्यसपछि तिमी हाम्रा जनही दुस्मन करार हुनेछाै।
रुकुम जनयुद्धको उद्गगम स्थल पनि हाे। हिजाे जनयुद्धमा जातभात केही हाेइन भनेर स्कुलिङ गर्नेहरु आज आएर ६ जना निर्दाेषहरुकाे हत्या हुँदा समेत किन माैन? सत्ता हत्या, हिंसा र बलत्कारीलाई प्राेत्सान गर्ने खालकाे छ। तर जसले हिजाे जनयुद्धमा गुलिया नारा, समानताका आवाज उठाए, आज तिनीहरु नै याे मुद्दामा केही नबाेल्नुले प्रमाणित भएकाे छ, 'दलितहरुकाे देश हुँदैन। जसरी लेलिनले भनेझैं सर्वहाराकाे देश हुँदैन।'
जुन वर्गकाे लागि यतिका वर्ष सम्म हातहतियार सहित युद्ध गरेका हाैं भनेर भाषण गरियाे त्यही वर्गलाई बिर्सँदा लखेटि लखेटि हात खुट्टा बाधेर हत्या गरिदा पनि न्याय नपाउनु परेकाे तिताे सत्या हाम्रा सामु छ। न्याय पाउनुपर्ने मृतका परिवार डराएर हिड्नु पर्ने बिडम्बना हामी सामु छ। यसले कानुनी राज्यकाे धज्जि उडाउँदैन र?
अन्तमा प्रेमकाे याे युद्धमा आफ्नाे अमुल्य जीवन बलिदान गर्ने नवराज विक र जायज युद्धमा साथ दिने उनका महान साथीहरु गाेविन्द शाही, गणेश बुढा टिकाराम सुनार लाेकेन्द्र सुनार र सन्दिप विकलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र अन्तमा पुन: याे घटनाका सम्पूर्ण दाेषीहरुलाई कार्वाही हाेस भनेर जाेडदार माग गर्दछु।