राणा शासनको विरुद्धमा बोल्नेहरुलाई राणाहरुले सबैले देख्ने चौबाटोमा झुण्ड्याएर हत्या गर्थे र सोच्थे कि यो भयाभह दृश्य देखेर जनताको मनमा त्रास उत्पन्न हुनेेछ र जनताले आफ्नो शासनका विरुद्ध चुँइक्क बोल्ने आँट समेत गर्ने छैनन।
तर स्थिति राणहरुले सोचेभन्दा ठिक उल्टो हुने्थ्यो। जब राणाहरुको बर्बर दमन जनताहरुले आफ्नै आँखाले देख्थे, एकाएक जनताहरुलाई डरको साटो अन्यायका बिरुद्ध लडेर आफ्नो प्राणको आहुति दिने उर्जा मिल्थ्यो। एक झिल्कोले मात्र सारा वन आगो लागेझैं सुरुको कुनै एक जनाको बलिदानले अन्तत निरंकुशहरुको स्वर्गको महल ध्वस्त भयो। त्यसरि सम्झीन्छन्, अहिलेका मुगु जिल्लाका प्रदेश सभा सांसद दानसिंह परियार स्व.सुरेन्द्र वि.कको हत्यालाई।
लामो समय नेकपा एमाले निकट कर्मचारी संगठनमा आवद्ध रहेर विशेषत जन्मभुमि खत्याड भेगलाई कर्मभुमि बनाएका सुरेन्द्र वि.क मुगु जिल्लामा ने.क.पा एमाले पार्टीको स्थापना गर्ने मध्यका एक हुने। उनका एक सहयोद्धा स्वर्गीय हिरा टमटा वि.क लाई सम्झदै भन्छन्, 'उनले सिटामोलको टाटो समेत पाउन मुस्कील खत्याडमा आफू स्वास्थ्यकर्मी हुनुकाेका नाताले खत्याडमा दुई जना डाक्टरको दरबन्दि सहितको ईलाका स्वास्थ्य कार्यालयको स्थापना गरि छाडे। आफूले जुम्लामा रहेको कर्णाली प्राविधीक शिक्षालयबाट अहेवको पढाई पुरा गरि सरकारी सेवामा कार्यरत स्व. वि.कले उच्च शिक्षामा गरिव, दलितहरुको पहुँचलाई ध्यानमा राखेर चर्तुदेव मष्टा क्याम्पसको स्थापनाको लागि क्याम्पस व्यवस्थापन समितिमै रहेर क्याम्पसको श्रोत व्यवस्थापनका लागि रात दिन भोक प्यास नभनि लागी रहे।'
तत्कालिन त्यस ठाउँका सामन्त ठालुहरुका लागि त्यो कुरा सह्य भएन। उनीहरुलाई लाग्यो कि यो जावो दलितले स्वास्थ्य स्वास्थ संस्था खोलेको कारणले त यति चर्चामा छ भने भोली क्याम्पस नै खोलेर पढाई भैहालेमा सबैले यसैको जयजयकार गर्नेछन् भन्ने भय जाग्यो सामन्तहरुमा। जनताका लागि हाम्रो योगदान त केही पनि छैन त्यसैले यसलाई कुनै पनि हालतमा सिध्याउनै पर्छ भनेर षड्यन्त्र रचे।
२०६४ साल माघ ८ गते बेलुका ७ बजेतिर स्वर्गीय वि.क र अर्का समाज सेवि हिरा कार्की क्याम्पसकै लागि श्रोत जुटाउने काममा बस्ती स्तरमा चन्दा संकलन गरेर घर फर्किदै गर्दा हालको खत्याड गाउपालिका वडा नं १० स्थित खड्गडामा कुटपिट गरि निर्ममता पुर्वक स्वर्गिय वि.क र हिरा सिहं कार्की दुबैको हत्या गरियो।
लामो समय कम्युनिष्ट आन्दोलनमासँगै जिवन विताएका हिरा टमटा स्वर्गिय वि.क लाई सम्झदै भन्छन्, 'सुरेन्द्रको हत्याले राजनैतिक जिवनमा मेरो दाईने हात भाँचिएको महशुस भएको छ। उनी नित्तान्त निष्ठाको राजनीति गर्थे। आफूले पाउने तमाम अवशरहरुमा उनि सहयोद्धाहरुलाई प्रोत्साहन गर्थे।' लामो समय एमाले निकट कर्मचारी राजनीतिमा सक्रिय स्व.वि.क कर्मचारी संगठनको जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत भैसकेका थिए।
पछि राजिनामा दिएर पुर्णकालीन राजनीति गर्ने सोचमा रहेका स्वर्गीय वि.कले पार्टी जिल्ला कमिटीमा समेत महत्वपूर्ण स्थान बनाई सकेका थिए। कर्मचारी भएको नाताले खुल्ला राजनीतिमा आउन नपाउने प्रावधानका कारण धेरै समय सम्म महेश रसाईलीका नामले छदम भेषमा पार्टीको जिल्ला कमिटी सदस्य बनेका थिए। तर पछि उनी नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए।
टमटा उनको हत्यालाई दलित भएकै कारणले मात्रै नभईकन स्थानिय स्तरमा उनले पारेको प्रभाव देखि डराएका डर छेरुवाहरुले उनलाई एउटा एमालेको कार्यकर्ताको रुपमा हत्या गरेको ठान्छन् भने त्यस वेला अनेरास्ववियुको विद्यार्थी राजनीति गरिरहेका हालका प्रदेश सभा सदस्य दान सिंह परियार भने फरक मत राख्छन्।
उनी स्वर्गीय वि.कको हत्यालाई एउटा नेता भएकै कारणले मात्र नभएर स्थानीय सामन्तहरुमा निहित हिन्दु जातीवादी र उत्पीडनकारी चिन्तन नै प्रमुख रहेको ठान्छन्। ति सामन्तहरुमा राणाहरु झैं के भुत पसेको थियो भने यसलाई मा¥यौं भने अन्य दलितहरु पनि राजनीतिमा आउन डराउने छन्। परियार थप्दै भन्छन्, 'वि.कको हत्याले पनि केही समय त कर्णाली भरिका दलित समुदायमा अब हामीले केही गर्न नसक्ने भयौं। हामीले आफ्ना अधिकारका लागि बोले मार्नेवाला छन् भन्ने हतोत्साहन र नैराश्यता पनि आएको थियाे।' तर एउटाको बलिदानीले हजारौं योद्धाहरुको जन्म हुने र क्रान्ति अझ प्रखर हुनेे उनको बुझाई छ। वास्तबमा सुरेन्द्र वि.कको हत्या पछि नै आफूमा कर्णालीका दलितहरुका लागि झनै बढि योगदान दिन हौसला मिलेको पनि ठान्छन्।
'जब आफ्ना लागि बोलीदिने कसैको हत्या हुने्छ। तब आफू माथी थप उत्पीडन भैरहेको महसुस हुनेे रहेछ। त्यस्तै लागेको थियो रे उनलाई पनि। त्यस पछि उनले पनि आफ्नो समुदायको लागि डटेरै लाग्ने मनमनै प्रण गरेका थिए रे। आज उनी जुन रुपमा चिनीएका छन र मुगाली जनताले उनलाई जुन खाले आर्दशले सम्झीन्छन् त्यसका पछाडि त्यो दृढ संकल्पले पनि काम गरेको स्किार्छन उनि। व्यत्ति मर्दैमा बिचार मर्नुको साटो त्यो बिचार हजारौमा फैलन्छ,' उनले भने।
आज लोकतन्त्रको पुर्नवहाली र गणतन्त्रको स्थापना भएको १५ वर्ष विती सक्दासम्म त दिनदाहाडै जातपातको कारण हुलका हुल मानिसहरु भेरीको भेलमा बगाईने घिन लाग्दो नेपाल भन्ने देशमा आजभन्दा १४ वर्षअघि मुगुको एक सामन्तहरु र हत्याराहरुको जगजगी भएको ठाउँमा एक सिमान्त दलित परिवारले भनेकै समयमा न्याय पाईहाल्ने स्थीती कसरी बन्थ्यो र?
घटना २०६४ माघ १० गते बेलुका ७ बजे हुने्छ। घटना वि.कको घरभन्दा आधा घण्टाजतिको दुरिमा हुँदा समेत कसैले पनि स्व वि.क को हत्याको खवर परिवार सम्म नपु¥याइदिनु र झन् लासलाई भोली विहान सम्मै वेवारिसे किसिमले फालिदिनु र भोली बिहान स्व. वि.क को हत्याको खबर काठमाडौंमा रहेका नेताहरुले परिवारजनलाई खवर सुनाई दिनुलेले घटनालाई थप रहस्यास्पद बनाइदिन्छ।
यहाँ सोच्नु पर्ने कुरा यो छ कि घटना स्थल नजिकै दुई तिन ओटा गाँउ हुँदा हुदै पनि के त्यो दिन गाउँमा एउटै मान्छे थिएन र? के गाउँलेहरुले घटनालाई आफ्नै आँखाले देख्दा देख्दै पनि आफ्नै ज्यानको सुरक्षा वा आफन्तको नाताका कारण प्रहरीका अघि घटनाको यथार्त भनेन र?
घटनाको भोलीपल्ट आफ्नो होनहार जनप्रिय कार्यकर्ताको हत्याको खोजिनीति गर्न काठमाडाैंबाट तत्कालिन नेकपा एमालेका जिल्ला नेताहरु खत्याड भेगका बासिन्दा समेत रहेका मोहन बाँनिया र चन्द्र बहादुर शाहीले नेपालगन्जको कोहलपुरमा बस्दै आएका स्व. वि.क का परिवारजनलाई हेलिकप्टरमा राखेर घटना स्थलसम्म आइपुगे। भव्य श्रदान्जली सभाको आयोजना भयो। सानादेखि ठूला कार्यकर्ताहरुले गगनभेदि भाषण बर्षाए।
साँझभरी निर्मम कुटपिटपछिको स्व. वि.क को रत्ताम्य अनुहारमा माला र अविर लगाईयो र झण्डै लासको पुरै शरिर नै छोप्ने गरि कम्युनिष्ट पार्टिको हँसिया हथौडा अंकित झण्डा ओडाइयो। जे होस स्व वि.क को उच्च सम्मानका साथ अन्तिम संस्कार भयो। त्यसको लगत्तै कोही नेता त त्यहि हेली मै उडेर गैहाले। कोही स्थानीय नेता भने किटानी जाहेरी कसले गर्ने भन्ने सल्लाह गर्न थाले। धेरै पछिको अलमल पछि पार्टीले नखर्जी गाँउका रामसिहं वि.कलाई वादि(निवेदक) बनाउने निर्णय गर्याे र घटना स्थल आसपास गाउँका केही व्यक्तिहरुको नाममा रामसिंह वि.कले किटानि जाहेरी गरे।
केही दिन भित्र प्रहरीले किटानीमा परेकाहरुलाई मुगु जिल्ला प्रहरी कार्यालयमा केही दिन आलटाल गरेर पुरपक्षका नाममा जुम्ला कारागार चलान गर्याे। रामसिंहले किटानी जाहेरि त गरे तर गाउँमा घटनाका बारेमा नानाभाती कुरा चल्न थाले। कसैले काँग्रेस समर्थकहरुलाई दोषि हुने भन्न थाले।
काँग्रेस समर्थकहरुले तत्काल भन्नलाई सबैभन्दा सजिला युद्ध गर्दै हिडिरहेका माओवादीहरुलाई आरोप लगाए। माओवादि झन् के कम उसले उक्त घटनामा आफ्नो पार्टीको कुनै पनि कार्यकर्ताको संलग्नता नरहेको जबाफि वक्तब्य जारि गर्याे। केही मानिसले स्व.वि.क को हत्या त तत्कालिन नेकपा एमाले पार्टिका जिल्ला स्तरका नेताहरुको सुनियोजित सड्यन्त्रमा भएको हो भनेर परिवारलाई पक्का हुने र त्यहि अनुसार बोल्न दवाद समेत दिए। आफ्नो परिवारको सदस्यको हत्याराको खोजि समेत गर्न डराइरहेका परिवारहरु अन्तत एमालेकै नेताहरुको योजनामा स्वर्गीय वि.क को हत्या भएको भन्ने कुरा भन्दै हिँड्न थाले।
फेरि उता जुम्ला जेलमा भने एमालेभन्दा बाहिरका व्यक्तिहरु कैद भोगिरहेका थिए। आफूलाई हत्या आरोप लगाएको निउ पारेर नेकपा एमालेको जिल्ला देखि गाउसम्मका कमिटीहरुले जति पहल कदमी लिनु पर्ने हो लिनै छाड्यो। मर्नुभन्दा अघि सम्म पनि सोच्दै मरेको पार्टीबाटै त्यस्तो व्यवास्ता भए पछि स्थानीय हत्यारा पक्षका सुराकिहरुलाई हत्याका विषयमा हुनेेनहुनेे लान्छना लगाई घटनालाई सामसुम पार्न सघाउ पुग्यो।
परिवारका सदस्यहरुलाई र किटानी जाहेरि गर्ने रामसिंह वि.कलाई यति सम्म त्रास देखाएर दवावमा पारेको देखिन्छ कि उनीहरु घटनाको सत्य तथ्य छानविन र आवश्यक प्रमाण जुटाउनको लागि अदालत र प्रहरि प्रशासनलाई सहयोग गर्नुको साटो वादीका तर्फबाट बोल्न समेत डराएका थिए। यदि तिनीहरु होईनन नै भने तिनीहरुको नाममा किन किटानी जाहेरि गरियो?
अन्तत हत्याका विषयमा अदालतले चलाउने प्राय बहसमा स्वयम् किटानी जाहेरी कर्ता र परिवार नै उपस्थीत नभएको कारण अदालतलाई पनि किटीएका व्यक्तिहरुलाई सफाई दिन सजिलो भयो र सफाई दियो। किटिएका व्यक्तिहरुको सफाई पछि मात्रै स्वर्गीय सुरेन्द्र विश्वकर्मा र हिरा सिंह कार्कीको सम्झनामा नेकपा जिल्ला कमिटीले हरेक वर्ष माघ ८ लाई स्व. सुरेन्द्र हिरा स्मृती दिवशको रुपमा मनाउने घोषणा गर्याे।
दलित भएकै कारण राजनीतिक नेतृत्वको रुपमा अस्थित्व नस्वीकारिनु र एउटा दलित नेता मारिनु। मार्नेहरुद्वारा नै परिवारजनहरुमा चरम दवाव हुनु र दवावकै कारण अन्तत आफ्नै परिवारको सदस्य मारिदा समेत परिवार स्वयम् मौन बस्न विवश पारिनु, के हो? के हामी न्यायपूर्ण र भयरहित समाजमा बसिरहेका छौं त?
सरकारमा रहेको पार्टीको पूर्व महासचिवको हत्यारा पत्ता लगाउन अलमलीएको त्यहि पार्टीको नेतृत्व एउटा सिमान्त दलित कार्यकर्ताकाे लागि कति चनाखो बनिदेला? तर स्थितिलाई एक फेर उल्ट्याईनै पर्छ। र चौतर्फि पहल कदमी हुनैपर्छ।
तत्कालिन नेकपा एमाले सम्बद्ध नेताहरुले घटनाको पुर्न छानविनका लागि साथ र सहयोग गर्नै पर्छ। ताकि दवावमा पारिएका परिवारजनहरुले आफ्नो यथार्त सजिलै भन्न सकुन। बास्तबिक हत्यारा पत्ता लागोस। उनीहरुलाई आजिवन कारावासको सजायहोस्। अन्यथा यस्ता जघन्य अपराधहरु सामान्य बन्दै जानेछन्। कालान्तरमा कहिले कसैलाई कोही मन नपरेको कारण मारिने छ त फेरि त्यसैलाई कसैैले मार्नेछ।
किनकि अब धेरै समय सिमान्तकृतहरु मुखमा पानि हालेर र हातमा दहि जमाएर बस्ने छैनन्। देशै भरिका दलितहरु एक हुनेछन् र दलितहरुको अस्तित्व नस्वीकार्नेहरुको पनि अस्थित्व नामेट पार्नेछन्। आजसम्म दवाएर उत्पिडनमा राखिएको पीडाको मुल्य दोहोरो, तेस्रो मात्रै होईन सयौं गुणा बढी तिर्नु पर्नेछ।
अब पनि एक तातो रोटी दिएको भरमा शिर निहुराएर 'जदौ महाराज' भन्ने दिन छैनन्।