सिजनको अन्तिम खेलमा आर्सनलसँग ब्राइटन पराजित

Photo : wesportz.com
Photo : wesportz.com

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत यस सिजनको अन्तिम खेलमा ब्राइटनलाई आर्सनलले पराजित गरेको छ। 

आइतबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेको हो। आर्सनललाई जित दिलाउन निकोलस पेपेले दुई गोल गरे।

उक्त जितसँगै  सिजनको आठौं स्थान कायम गर्दै आर्सनलले सिजनको सुखद अन्त्य गरेको छ। 

आर्सनलले ३८ खेलमा ६१ अंक जोड्यो भने ब्राइटनले ४१ अंक जोडेर १६ औं स्थान कायम गर्यो।

प्रकाशित मिति: : 2021-05-24 06:39:00

प्रतिकृया दिनुहोस्