निर्वाचन कि अधिनायकवादको स्थापना ?

शिलापत्र

काठमाडौँ

सञ्जीव पाेखरेल

दोस्रो जनआन्दोलन सफल भएको खुसियालीमा मग्न भएका दिन काठमाडौँ र देशभरि विजयोत्सव मनाइरहेका सबैको अनुमान थियो– शासकको सनक र तानाशाहीको प्रतिरोधमा जिउज्यान गुमाउनुपर्ने बाध्यताबाट नेपाली जनता मुक्त भएका छन् ।

जनआन्दोलन सफल भएको १५ वर्ष नबित्दै उक्त विश्वास आज भ्रममा परिणत भएको छ । जनताको मतबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले एकपछि अर्को गर्दै चालेका अधिनायकवादी कदमले स्वतन्त्रता, शान्ति, सुरक्षा र समतामूलक समृद्धि चाहने आमजनतालाई पुनः १५ वर्षअघिकै जस्तो रैतीको दर्जामा धकेलेका छन् । शासक र जनताबीचमा फेरि एक पटक खाडल सिर्जना भएको छ ।

यस पटक यो खाडल आमनिर्वाचनको स्वरुपमा प्रकट भएको छ । यस लेखको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले आमनिर्वाचन गर्नुपर्ने बाध्यता कसरी सिर्जना भयो, त्यसको चर्चा गर्नेछु र त्यसपछि निर्वाचनको सम्भाव्यता र निष्पक्षताका विषयमा आफ्ना विचार प्रस्तुत गर्नेछु ।

प्रकाशित मिति: : 2021-05-23 15:04:00

प्रतिकृया दिनुहोस्