प्रतिनिधिसभा बोलाऊ, समानान्तर सरकार बनाऊ

नेपाल खबर

काठमाडाैं

पार्टी र संसद दुबैतिर बहुमत गुमेको देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुष (२०७७) मा प्रतिनिधि सभा विघटनको सिफारिस गरे। प्रतिनिधि सभाको विघटन कुन अवस्थामा हुन्छ, त्यस सम्बन्धी प्रावधान बुझ्न संविधान समेत नहेरी राष्ट्रपति विद्या भण्डारीले सरकारको सिफारिसमा संसद विघटनको सिफारिसमाथि तत्काल लालमोहर लगाइदिइन्। फलतः त्यसैदिन प्रतिनिधि सभा पहिलो पटक विघटन भयो।

सर्वोच्चले प्रष्टसँग यस्तो फैसला सुनाएको पाँच महिना बित्दानबिन्दै शुक्रबार (७ जेठ) मध्यरात प्रधानमन्त्री ओलीले फेरि प्रतिनिधि सभामाथि धावा बोलेका छन्। र, ५ पुष (२०७७) कै शैलीमा राष्ट्रपति भण्डारीले पनि प्रधानमन्त्रीको ‘गैर–सम्बैधानिक र अविवेकी कदम’ माथि लालमोहर लगाएकी छन्।

प्रकाशित मिति: : 2021-05-22 21:15:00

प्रतिकृया दिनुहोस्