जताततै लाशै-लाश
हार-गुहार छ मान्छेको
जताततै घारो बाँसै-बाँस
दु:खद निधन छ मान्छेको।
छैन अक्सिजन, छैन अस्पताल
पहुँचवालाहरुले पाउछन् वेड
गरिव सर्वसाधरणको दयनीय हाल
सुनसान छन् व्यस्त सडक, शान्त छन् व्यस्त गल्लीहरु
तर आपतका घण्टीहरुले त्रसित छन् मनहरु!
रोगभन्दा ठूलो शत्रु कोही छैन यहाँ
भोकभन्दा ठूलो पिडा केही छैन यहाँ
शोकभन्दा गहिरो घाउ केही छैन यहाँ !
कोही भन्दैछ खै मेरो सरकार ? खै मेरो नेता ?
तर तड्पिरहेको वेकसुर भन्दैछ, खै अक्सिजन? खै उपचार ?
बचाइदेउ पशुपतिनाथ बरु सकियोस् जाये-जेथा
देश लुटी पुगेन अब अस्पतालमा लगानी गर्छन् नेता
खै वेड ?खै अक्सिजन ?हामी गरिब त न उत्ता- न यता ।
कतै थिएनन् तयारी,
कतै थिएनन् योजना,
कतै थिएनन् अक्सिजन,
तर जताततै थियो सरकार!
खतराको घण्टी बज्दै थियो
तर पनि घर-घरमा जलेका थिए खुसीको दियो
तर खेल थियो सत्ताको
जालझेल थियो सत्ताको।
तिमी हारेजसो गर्नु म जितेजस्तो गर्छु
समयअनुकुल मामा-भान्जालाई मिलाएर ढुकुटीमा प्वाल पार्न लाउछुँ, पापको घैँटो भर्छु
जनता सबै मख्ख, ध्यान जति खेलमा
मौन बस्नेलाई पोसाईदिने, ठूला कुरा गर्ने जेलमा।
अब फेरि सुनौलो बहार आएको छ
तथ्यहिन सङ्क्रमित र मृत्यु बताईदिदा सहयोग उपहार आएको छ ।
आफू मरेर अरुलाई बचाइँदिने त आमा मात्रै हो
आफू ढलेर अरुलाई उठाईदिने त डाक्टर-नर्स मात्रै हो!
रङ्गिन लाग्छ दुनियाँ तर अन्धकार छ संसार
मृत्युमा पनि सम्झौता गर्ने स्वार्थी छ संसार ।।
यो लडाँई हो विश्वको
यो लडाँई हो शक्ति सामर्थ्यको
यो लडाँई हो प्रभुत्वको
यो लडाँई हो माफियाको।
यो चुनौति हो प्रकृतिको
यो चुनौति हो मानव अस्तित्वको
यो चुनौति हो कलियुगको
यो चुनौति हो चिकित्साविज्ञानको।
तर जुटेका छन् नेपाली हातहरु
टुटेका छैनन् देशप्रतिको सम्बन्धहरु
जाग्दैछन् आशाका किरण
भुलेका छैनन् मानवता
भुलेका छैनन् कर्तव्य।