ओलीको कुन दाबी सही ? राति अल्पमत, दिउँसो बहुमत !

बाबुराम भट्टराईलाई पनि ओलीले आफ्नै पक्षमा देखाए

रातोपाटी

काठमाडाैं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राति एउटा, दिउँसो अर्कै कुरा गर्न थालेका छन्। उनीमाथि प्रश्न उठेको छ– जनताले प्रधानमन्त्रीको कुनचाहिँ कुरो पत्याउने ? रातिको कि दिउँसोको ?

प्रधानमन्त्री ओलीले कतिसम्म झेली कुरो गरेका छन् भने शुक्रबार शीतलनिवासमा १५३ सांसदसहितको दाबी पेश गरिएको भनिएकोमा त्यसभित्र आफ्ना घोर आलोचक डा. बाबुरामलाई पनि समावेश गरिएको छ। अर्थात् डा. बाबुराम भट्टराई र उपेन्द्र यादवकोे समेत समर्थन आफूलाई रहेको ओलीको दाबी छ।

बहुमत पाउन सकिएन भन्दै ह्याण्डस अप !

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ ‘आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाउने दह्रो आधार नदेखिएको’ र ‘बैशाख २७ कै अवस्था विद्यमान रहेको’ भन्दै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष ‘सिफारिस’ गरे।

आफूले बहुमत प्राप्त गर्न नसकेकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको ओलीको तर्क छ।

शुक्रबार बिहानसम्म पनि ओली आफ्नो हैसियत बैशाख २७ को भन्दा फरक नभएकाले विश्वासको मत नलिई सीधै संविधानको धारा ५ जान बाध्य भएको बताइरहेका थिए। दिउँसो बालुवाटारमा सम्पादकहरूसँग प्रस्तुत भएका ओलीले त्यहाँ पनि आफूसँग बहुमत नरहेकाले ‘ह्याण्ड्स अप’ गरेको बताए।

प्रकाशित मिति: : 2021-05-21 19:57:00

प्रतिकृया दिनुहोस्