विपक्षी दलहरुलाई प्रधानमन्त्रीकाे प्रश्न- 'दुई महिनासम्म सरकार बनाउन नसक्ने, अनि एक दिन कम भयो भन्ने?'

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथिको विरोध गणतन्त्र विरुद्धको खेल भएकाे बताएका छन्।

पत्रकार सम्मेलनमा बाेल्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरुलाई भने, 'सके अविश्वासको मत दिनुस् तर राष्ट्रपतिलाई हुर्मतमा हाल्ने काम नगर्नुहोस्।'

साथै उनले कुनै उपयुक्त कारण नभई आफू सरकारमा पुग्ने इच्छा गरेर केही तत्वले एक वर्षदेखि सरकार असफल बनाउन खोजेकाे आराेप लगाए। विपक्षीहरुकाे अस्वस्थ्थ खेलको चक्रब्यूमा फसेको कारण सरकारले सोचे जस्तो काम गर्न नसकेको उनकाे भनाइ छ। 

उनले भने, अहिले सल्लाह गरेर नयाँ सरकार बनाए भयो। म र मेराे दलले सहयोग गर्नेछ। सहयोगी भावनाका साथ मेरो दलले साथ दिने छ। सक्नु हुन्न भने विश्वासकाे मत दिनुस्।'

साथै उनले प्रश्र गरे, 'अढाई महिनामा सरकार बनाउन नसक्ने, अनि एक दिन ढिला भयो भन्ने?'

प्रकाशित मिति: : 2021-05-21 13:19:00

प्रतिकृया दिनुहोस्