झापाली समाज अमेरिकाद्वारा स्वास्थ सामग्री हस्तान्तरण 

कोभिड-१९ को महामारीका कारण नेपालमा स्वस्थ्य समस्या विकराल हुँदै गएको बेला अमेरिकामा रहेका झापालीहरुले झापा जिल्लाको लागि स्वास्थ सामग्री हस्तान्तरण गरेका छन्।

झापाली समाज अमेरिकाले पोर्टेबल अक्सिजन क्यान १०० थान, अक्सिमिटर ४८ थान, पिपिइ १५ थान, सेनिटाइजर ६ ग्यालन लगायतका सामग्रीहरु मंगलबार हस्तान्तरण गरेकाे हाे।

रेडक्रस झापाका सभापति लोकराज ढकालमार्फत् झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई उक्त सामग्री हस्तान्तरण गरिएको झापाली समाज अमेरिकाका अध्यक्ष मुकुन्द ढुङ्गानाले बताए। उक्त सामाग्रीहरु डिसिसिएमसीको निर्णय अनुसार अत्यावश्यक स्थानमा वितरण हुने प्रजिअ तिमिल्सिनाले जानकारी दिएका छन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल, झापाली समाज अमेरिकाका आजीवन सदस्य दुर्गेश कार्की, बिर्तामोड रेडक्रस सदस्यहरु याम कार्की, निरज ढकाल लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहितको उपस्त्थिति रहेको थियो।

विपतका बेला अमेरिकामा रहेका नेपालीहरुले स्वदेशको मायाले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गर्दै प्रजिअ तिमिल्सिनाले झापामा अक्सिजन प्लान्ट स्थापना गर्न अमेरिका लगायत अन्तर्राष्ट्रिय झापाली समाजमा आवद्ध सबै देशका झापालीहरुलाई आह्वान गरेका छन्।

झापाली समाज अमेरिकाका महासचिव निलम बिमलीले झापाको स्वास्थ मात्रै नभएर शिक्षा र विकास निर्माणमा अमेरिकामा भएका झापाली तथा अन्तर्राष्ट्रिय झापाली समाजमा सम्बद्ध सबै देशका नेपालीहरु मिलेर काम गर्ने योजना रहेको बताएका छन्।

प्रकाशित मिति: : 2021-05-19 09:31:00

प्रतिकृया दिनुहोस्