दाङमा ७ र गुल्मीका २४ सङ्क्रमितको ज्यान गयो

Symbolic photo
Symbolic photo

कोरोना सङ्क्रमणका कारण आज दाङमा एकैदिन सातकोे मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अक्सिजनको अभावका कारण तीन जनाको उपचारका क्रममा, तीनको होमआइसोलेशनमा र एकको बाटोमै मृत्यु भएको कोभिड फोकल पर्सन कमल चन्दले जानकारी दिए।

लमही–६ का ५९ वर्षीय पुरुष, घोराही–९ का ३० वर्षीय पुरुष र घोराही–९ का ६९ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ।

त्यस्तै तुलसीपुर–१६ का ७८ वर्षीय पुरुषको मेट्रो अस्पताल तुलसीपुरमा, घोराही–१४ का ७४ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी र घोराही–१८ का ७० वर्षीया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको चन्दले जानकारी दिए।

घोराही–१४ का ६४ वर्षीय पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। दाङमा कोरोना सङ्क्रमण दर बढ्दै गएको र  हालसम्म २ हजार ९८० सक्रिय सङ्क्रमित रहेको र ५ हजार ८५१ जना सङ्क्रमण मुक्त भएको चन्दले जानकारी दिए। उनका अनुसार जिल्लामा हालसम्म १४७ जनाको मृत्यु भएको छ।

गुल्मीमा २४ घण्टामा ११ को मृत्यु

तम्घास: दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म तम्घास, पाल्पा, होम आइसोलेशन, स्याङ्जा, काठमाडाैँ, चितवन, बुटबललगायत स्थानमा गरी नौ पुरुष र दुई महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए।

गुल्मीमा दोस्रो चरणको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ। जिल्लामा अहिलेसम्म कुल एक हजार १८६ जना सङ्क्रमित भएका छन्।

जसमध्ये ९३४ सक्रिय छन्। सक्रिय सङ्क्रमितमध्ये ८८४ जना होम आइसोलेशनमा छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म जिल्लाका कूल २०६  सङ्क्रण मुक्त भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कार्कीले बताए। रासस

प्रकाशित मिति: : 2021-05-16 21:21:00

प्रतिकृया दिनुहोस्