सुरू नहुँदै कोरोनाले चुँडिदियो उनीहरूको नयाँ जीवन

वैशाख सुरूदेखि नै कोरोनाभाइरसको दोस्रो लहर रूपन्देहीमा पनि फैलिइसकेको थियो। चैतको अन्तिम सातासम्म दुई डिजिटमा रहेको सक्रिय संक्रमितको संख्या वैशाख १ गते १ सय ८८ पुग्यो।

त्यसपछिका दिनमा संक्रमित थपिने क्रम दिनदिनै बढ्यो। नयाँ वर्षको अवसरमा भएका जमघट, होटल रेष्टुरेन्टका भोज तथा विवाह  व्रतबन्धजस्ता कार्यक्रम संक्रमण फैलाउन सहयोगी बने।

बुटवल ११ का मित्र शर्मा (नाम परिवर्तन) को घरमा पनि वैशाख सुरू नहुँदै बिहेको चर्चा चलिरहेको थियो।

२९ वर्ष लागेका मित्र पनि अब बिहेका लागि ढिलो गर्नु हुँदैन भन्नेमा थिए। भारतमा फैलिइरहेको कोरोनाको दोस्रो लहर नेपालमा पनि आइसकेको भए पनि सरकारले तत्काल लकडाउन नगर्ने बताइरहेको थियो।

संक्रमण धेरै फैलिएको जिल्ला वा शहरमा स्थानीय प्रशासनले लकडाउन गर्न सक्ने सरकारको भनाइ थियो।  रूपन्देही लकडाउन गरिहाल्ने अवस्थामा पुगिसकेको थिएन। मित्रको परिवारमा पनि कोरोना धेरै नफैलिँदै उनको बिहे गरिदिने भन्दै केटी हेर्ने काम भइरहेको थियो।

प्रकाशित मिति: : 2021-05-16 16:16:00

प्रतिकृया दिनुहोस्