एक साताको बीचमा बुवा, दुई छोरा र एक छोरीले गुमाए ज्यान

लोकान्तर

काठमाडौँ

कोरोना संक्रमणले बाग्लुङको एक परिवारलाई ठूलो बज्रपात परेको छ । 

बाग्लुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ (साविक ग्वालीचौर गाविस) को रेस्मी परिवारका ४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो । 

जलजला गाउँको रेस्मी परिवारमा एक हप्ताको फरकमा बाबु, दुई छोरा र एक छोरी गरी ४ जनाको मृत्यु भएको छ ।

त्यहाँ कोरोना संक्रमण विवाहपछिको ढोगभेटबाट फैलिएको बताइएको छ । 

संक्रमणबाट आफ्ना बुवा, दुइ दाजुभाइ र एउटी दिदीको निधन भएको परिवारका साइँला छोरा थमन रेस्मीले लोकान्तरलाई जानकारी दिए । 

यस्तो छ संक्रमणको कहानी 

जलजलाका थमन रेस्मीका छोरा अमितको विवाहपछि वैशाख ११ गते ढोगभेट थियो । बजारमा कोरोना संक्रमणको त्रास बढे पनि गाउँमा कोरोनाको डर अझै पुगिसकेको थिएन ।

विवाहमा आफन्त दाजुभाइ, नातागोता जम्मा भएका थिए । विवाहमा न भौतिक दूरी, न अन्य सावधानी कुनै कुनै कुराको ख्याल गरिएन ।

धुमधामसँग ढोगभेट सकिन नपाउँदै अमितका काका रुपचन्द्रलाई ज्वरो आयो । रुपचन्द्रले रुपन्देहीको सुनौली बुटवल हुँदै जलजलासम्म गाडी चलाउँथे । रुपचन्द्रसँगै विवाह जम्मा भएका एकपछि अर्को व्यक्तिलाई रुघाखोकी र ज्वरो आउन थाल्यो ।

४२ वर्षका रुपचन्द्रलाई ज्वरो, स्वास्वप्रश्वासमा समस्या आएपछि वैशाख १७ गते एम्बुलेन्समा ५ घण्टा लगाएर बाग्लुङको धौलागिरी अञ्चल अस्पतालमा ल्याएर भर्ना गरियो । 

सिकिस्त रुपचन्द्रलाई त्यहीँ पीसीआर जाँच गर्दा उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । त्यसको भोलि १८ गते रुपचन्द्रका बुवा ८७ वर्षिया बलिभद्रलाई पनि गम्भीर समस्या देखिएपछि बाग्लुङ बजार ल्याइयो ।

बलिभद्रलाई रुपचन्द्रले आफ्नै गाडीमा राखेर विवाह हुनुभन्दा केही दिनअगाडि भैरहवाबाट घर ल्याएका थिए । बलिभद्रलाई पनि कोभिड देखियो । उपचारकै क्रममा बलिभद्रको २४ गते बाग्लुङमा मृत्यु भयो । 

संक्रमण परिवारमा फैलिएसँगै रुपचन्द्रका दाजु केयरसिंह रेस्मीलाई हेलिकप्टरबाट पोखरा ल्याइयो ।

रुपन्देहीको भैरहवामा बसाइँसराई गरेका केयरसिंह दाजुको छोराको ढोगभेटका लागि भनेर गाउँ गएका थिए ।

प्रकाशित मिति: : 2021-05-16 14:15:00

प्रतिकृया दिनुहोस्