हनुमानजी र ‘हनुमानहरु’

वीरअस्पतालको मूल भवनमा बजरङगबली हनुमानले पहाड उचालेको चित्र अझै छ। लक्ष्मणलाई बचाउँन संजीवनी बुटी खोज्ने क्रममा सिंगो बोकेर ल्याएको कथा धेरैले सुनेकै होला। आइतबार विहान यहि अस्पताल परिसरमा पुग्दा विरामी र तिनका आफन्तको क्रन्दन सुनिन्थ्यो।

कोरोनाका महामारीमा अक्सिजनको अभावले यहि अस्पतालभित्र ‘लक्ष्मणरुपी’ विरामीहरु छटपटाउँदै थिए। हेर्दाहेर्दै मुलुकको सवैभन्दा पुरानो अस्पताल नयाँ रोगको सिकार बन्न पुग्यो।  जीवन बचाउन अस्पताल आएका वीरामी अक्सिजनको अभावमा मृत्युको मुखमा पुगेको भान हुन पुग्यो। उपचारको लागि अस्पतालले नयाँ भवन संचालनमा ल्याउने  निर्णय त गर्यो तर अक्सिजनकै अभावमा यो काम पनि पुरा हुन सकेको छैन।  

कोराना संक्रमण बढ्दै जादा वीरअस्पतालमात्र हैन मुलुकका अधिकांस अस्पतालले अक्सिजनको अभाव भन्दै विरामीको उपचार गर्न नसक्ने जनाए। अस्पतालमा विरामी छाडेर अक्स्जिनको लाइनमा आफन्तहरुको आसु खस्न थालेको छ। उनीहरुको मौन चित्कारले सिंगो मुलुक रोएको छ।  

यस्तोमा जरुरी थियो, संजीवनीरुपी अक्सिजनको सिलिण्डर बोकेर ल्याउने हुनमानजीको। तर मुलुक केही समय सरकार बनाउने र बचाउँने खेलमा अलमलियो। राजनैतिक खिचातानीको कोलाहालमा मृत्युको पदचाप  सत्ताले सुनेन। विरामी अस्पतालमा आएर भगवान पुकार्नु पर्ने बाध्यतामा पुगे।  

प्रकाशित मिति: : 2021-05-16 13:27:00

प्रतिकृया दिनुहोस्