भारतीय मूलकी नीरा अमेरिकी राष्ट्रपति बाइडेनको सल्लाकारमा नियुक्त

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : cnbc
Photo : cnbc

भारतीय मूलकी अमेरिकी नागरिक नीरा टन्डन अमेरिकी राष्ट्रपति जो बाइडेकको वरिष्ठ सल्लाहकारमा नियुक्त भएकी छन्।

टन्डनले यसअघि रिपब्लिनक सीनेटरहरूको कडा विरोध हुँदा ह्वाइट् हाउसस्थित आर्थिक कार्यालयको निर्देशक पदको लागि उम्मेदवारीबाट नाम फिर्ता लिएकी थिइन्।

५० वर्षीया टन्डनले सोमबारदेखि नै ह्वाइट् हाउसमा आफ्नो जिम्मेवारी सम्हाल्ने छिन्। उनी अहिले ‘सेन्टर फर अमेरिकन प्रोग्रेस’को अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृतको रुपमा कार्यरत छिन्।

नीराको बुद्धिमत्ता र राजनीतिक चलाखीले बाइडेन प्रशासनका लागि एक पूजी साबित हुने ‘सेन्टर फर अमेरिकन प्रोग्रेस’की संस्थापक पोडेस्टाले बताइन्।

उनी अमेरिका स्वास्थ्य तथा मानव सेवा मन्त्रालयमा स्वास्थ्य सुधारतर्फ वरिष्ठ सल्लाहकार भएर काम गरिसकेकी छन्।

टन्डनले पूर्व राष्ट्रपति बराक ओबामा र बिल क्लिन्टनको कार्यकालमा समेत महत्वपूर्ण जिम्मेवारीमा थिइन्।

प्रकाशित मिति: : 2021-05-16 07:58:00

प्रतिकृया दिनुहोस्