रोल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रोल्पा अस्पतालको कोभिड आइसोलेसनमा उपचाररत माडी गाउँपालिका वडा नं ५ का ४३ वर्षीय पुरुषको निधनको भएको हो।
यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ।
शुक्रबार मात्रै जिल्लाभर थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै रोल्पामा कोरोना संक्रमितको संख्या ३७७ पुगेको छ।