सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गन्जबहादुर क्षेत्री स्वास्थ्यकर्मीसहित काेराेना संक्रमितहरूकाे घर-घरमा पुगेका छन्।
काेराेना संक्रमितहरूकाे पछिल्लाे अवस्था बुझ्न उनी स्वास्थ्यकर्मी लिएर वडाका विभिन्र घरमा पुगेका हुन्।
वडा नम्बर ४ मा मात्रै हाल १३ जना संक्रमित छन्। जस मध्ये तीन जना जिल्ला बाहिर उपचाररत छन् भने एक जनाको हिजो मृत्यु भैसकेको छ। अन्य संक्रमितहरू होम आइसोलेसनमा बसेका छन्।
वडाध्यक्ष क्षेत्रीसँग गएका स्वास्थ्यकर्मीले तापक्रम, अक्सिजन मात्रा, पल्स रेट चेक गरेकाे थिए। उक्त परिक्षणबाट एक जनाकाे स्वास्थ्य अवस्था गम्भिर पाइएपछि उनलाई तत्कालै खुङ्ग्रीमा निर्मित आइसोलसनमा पुर्याइएकाे क्षेत्रीले जानकारी दिए।
काेराेना संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न भनिएकोले उनीहरुको अवस्था बुझ्न र उनीहरुलाई हौसला प्रदान गर्न स्वास्थ्यकर्मी लिएर आफू घर-घरमा पुगेकाे उनले बताए।