प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट लिए सपथ, सबै मन्त्री पुरानै (सूचीसहित)

Breaknlinks
Breaknlinks

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन्। 

उनी सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा संविधानको ७६ (३) अनुसार बिहिबार राति मात्र प्रधानमन्त्री नियुक्त भएका हुन्।

उनी यसअघि पनि प्रधानमन्त्री थिए। वैशाख २७ गते संसदमा उनले विश्वासको मत माग्दा बहुमत प्राप्त नगरेपछि राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि दुई वा सोभन्दा बढी दललाई बहुमत पुर्‍याएर आउन आह्वान गरेकी थिइन्।

राष्ट्रपतिले तोकेको समय तीन दिनभित्र कसैले पनि बहुमत जुटाउन नसकेपछि पुनः ओलीनै अल्पमत सरकारको प्रधानमन्त्री नियुक्त भएका हुन्।

अब उनले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ। 



प्रधानमन्त्री ओलीले संसद्‍बाट विश्वासको मत नलिएसम्म यसअघिकै अधिकांश मन्त्रीलाई निरन्तरता दिने 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नलिएसम्म अहिलेकै मन्त्रीहरुलाई नै निरन्तरता दिएका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथग्रहण गरेलगत्तै उपप्रधानमन्त्री ईश्वर पाेखरेललाई सपथग्रहण गराइन्। त्यसपछि सबै मन्त्रीहरुले साेही समाराेहमा राष्ट्रपति भण्डारीबाट सपथग्रहण गरे। त्यसभन्दा पछि राज्यमन्त्रीहरुले सपथ खाए । सबै मन्त्रीहरु पुरानै छन्।

 

मन्त्रीहरूको नाम र कार्यविभाजन 

१।  केपी शर्मा ओली – प्रधानमन्त्री र रक्षा मन्त्री

२। ईश्‍वर पोखरेल – उपप्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मन्त्री

 मन्त्रीहरू

३।  रामबहादुर थापा – गृह मन्त्री

४।  टोपबहादुर रायमाझी – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री

५।  विष्णुप्रसाद पौडेल – अर्थ मन्त्री

६।  प्रदीपकुमार ज्ञवाली – परराष्‍ट्र मन्त्री

७।  हृदयेश त्रिपाठी – स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री

८।  लेखराज भट्ट – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

९।  कृष्णगोपाल श्रेष्ठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

१०। प्रभु साह – सहरी विकास मन्त्री

११। भानुभक्त ढकाल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

१२।  मणिचन्द्र थापा – खानेपानी मन्त्री

१३।  पद्माकुमारी अर्याल – कृषि तथा पशुपन्छी विकास मन्त्री

१४।  वसन्तकुमार नेम्वाङ्ग – भौतिक पूर्वाधार तथा यातायात मन्त्री

१५।  गौरीशङ्कर चौधरी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

१६।  पार्वत गुरुङ – सञ्‍चार तथा सूचना प्रविधि मन्त्री

१७। डा. शिवमाया तुम्बाहाङ्फे – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

१८।  लीलानाथ श्रेष्ठ – कानून, न्याय तथा संसदीय मामिला मन्त्री

१८।  गणेशसिंह ठगुन्ना – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री

२०।  प्रेमबहादुर आले – वन तथा वातावरण मन्त्री

२१।  जुलीकुमारी महतो – महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री

२२।  दावा लामा तामाङ – युवा तथा खेलकुद मन्त्री

राज्यमन्त्रीहरू

२३।  नवराज रावत – स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री 

२४।  रामवीर मानन्धर – सहरी विकास राज्यमन्त्री

२५।  विमला बिक – उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री

प्रकाशित मिति: : 2021-05-14 14:47:00

प्रतिकृया दिनुहोस्