बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नलिएसम्म अहिलेकै मन्त्रीहरुलाई नै निरन्तरता दिने तयारी गरेका छन्।
जनता समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने र एमालेभित्रको माधवकुमार नेपाल नेतृत्वको ‘समानान्तर समूह’ सरकारमा सहभागी गराउने बेलामा मात्र मन्त्रिमण्डलमा नयाँ सदस्य थप्ने संभावना रहेको स्रोतको दाबी छ।
प्रधानमन्त्री ओलीले शुक्रबार २ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथग्रहण गर्दै छन्। उनले सपथग्रहण गरेलगत्तै मन्त्रीहरुलाई पनि राष्ट्रपतिले त्यहीँ प्रधानमन्त्रीका सामु सपथग्रहण गराउने छन्।
जेठ १० मा पदावधि सकिने दुई जना मन्त्रीहरु थापा र लामालाई भने निरन्तरता दिने कि नदिने भन्ने अझै टुंगो भने नलागिसकेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो।
गृहमन्त्री रामबहादुर थापाले चाहिँ एउटै मन्त्रीमा लगातार सबैभन्दा बढी सपथग्रहण गर्ने ‘रेकर्ड’ बनाउने भएका छन्।
प्रधानमन्त्री ओलीको सरकारमै यसअघि दुईपटक सपथ खाइसकेका थापाले आव पुनः सपथ खाने छन्। अनि जेठ ६ गते राष्ट्रियसभा सदस्य चुनिएमा त्यसपछि पुनः सपथग्रहण गर्नुपर्ने छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया