केपी ओली नेपाली राजनीतिमा पुनः चतुर साबित भएः बाबुराम भट्टराई

File Photo
File Photo

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा पुन: चतुर सावित भएको बताएका छन्।

ओलीलाई सत्ताबाट विस्थापित गर्न नयाँ वैकल्पिक सरकार बनाउने प्रयास असफल भएपछि भट्टराईले टिप्पणी गरेका हुन्। उनले कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको बताएका छन्।

उनले ट्विटरमा लेखेका छन्, 'जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्। अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!'

जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!

— Baburam Bhattarai (@brb1954) May 13, 2021
प्रकाशित मिति: : 2021-05-13 21:23:00

प्रतिकृया दिनुहोस्