माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ। नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलगायतका दलसँग मिलेर नयाँ सरकार बनाउने तयारी गरिरहेको छ।

यस नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो।

प्रकाशित मिति: : 2021-05-13 17:09:00

प्रतिकृया दिनुहोस्