'सरकारले पाँच वटा ट्यांकर उपलब्ध गराए नेपालभरि अक्सिजन अभाव नहुने ग्यारेन्टी दिन्छु'

सेतोपाटी

काठमाडाैं

अहिले नेपालले चरम अक्सिजन अभाव झेलिरहेको छ। उपत्यकाका ११ वटा अस्पतालले अक्सिजन अभावका कारण बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाइसकेका छन्। 

सरकारले नै माग अनुसार अक्सिजन पुर्‍याउन नसकिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले अहिले दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भएकामा करिब १० हजार मात्र आपूर्ति गर्न सकिएको बताएको छ।

अक्सिजन हाहाकार हुन थालेपछि मन्त्रालयले अस्पताललाई कति सिलिण्डर पाउने भनेर कोटा तोकिदिएको छ। र त्यसको समन्वय सिसिएमसीले गर्ने भनिएको छ।

तर अस्पतालहरूले सरकारले तोकिदिएको कोटाले विरामीको उपचार गर्न नपुग्ने बताएका छन्। दैनिक चार सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा सरकारले जम्मा सय वटा मात्र दिने भन्दै विरामीको उपचार गर्न नसकिने अस्पताल सञ्चालकहरूको भनाइ छ।

अहिलेको अक्सिजन माग उद्योगहरूले समेत थेग्न सकेको छैन। चौबीसै घण्टा उद्योग चलाए पनि अस्पतालको मागअनुसार अक्सिजन दिन नसकिएको उद्योगीहरू बताउँछन्।

कतिले अक्सिजन सिलिण्डर अभावले समस्या उत्पन्न भएको बताए पनि उद्योगीले भने उत्पादन नै कम भएकाले समस्या देखिएको दाबी गरेका छन्।

प्रकाशित मिति: : 2021-05-13 16:55:00

प्रतिकृया दिनुहोस्