चौलागाईंको निधनमा युवा संघको झण्डा ३ दिनसम्म आधा झुकाइने

सम्पूर्ण कार्यालयहरु बन्द गर्ने 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले संघका पुर्व अध्यक्ष पशुपति चौलागाईको निधन प्रति शोक व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म संघको झण्डा आधा झुकाउने, सम्पूर्ण कार्यालयहरु बन्द गर्ने र सात दिनसम्म संघको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ। 

संघका अध्यक्ष नरेश शाहीले आज एक शोक बक्तव्य जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएका छन्।

‘संघका पुर्व अध्यक्षको निधनको यस दुखत घडीमा क.पशुपति चौलागाईं प्रति सम्मान गर्दै ३ दिनसम्म संघको झण्डा आधा झुकाउने, सम्पूर्ण कार्यालयहरु बन्द गर्ने र ७ दिनसम्म संघका कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको छ’ शाहीद्वारा जारी वक्तव्यमा भनिएको छ।

एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाई बागमती प्रदेशसभाका सांसद समेत थिए। गत २८ बैशाखमा उनको कोभिड–१९ को उपचारको क्रममा काठमाडौँ स्वयम्भुस्थित मनमोहन अस्पतालमा निधन भएको थियो।

‘नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड पशुपति चौलागाईं एक इमान्दार र कर्तव्यनिष्ठ संगठक हुनुहुन्थ्यो। उहाँको सादगीपुर्ण व्यवहार र जिवनशैली सवै कार्यकर्ताहरुको लागि अनुकरणीय थियो। उहाँले लामो समय संघमा रही नेपालको युवा आन्दोलनमा महत्वपुर्ण योगदान गर्नु भएको थियो’ शाहीद्धारा जारी बक्तव्यमा उल्लेख गरिएको छ।

चौलागाई २०५४ चैत्रदेखि २०५७ मंसिर सम्म संघको नेतृत्वमा रहेर राष्ट्रियता, जनजिविका र सामाजिक परिवर्तनका सवालहरु एवं शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका युवाका समस्याहरुमा प्रभावकारी अभियान एवं कार्यक्रमहरु संचालन गरेका थिए। उनको निधनले नेपालको कम्युनिष्ट आन्दोलनले एक आदर्शवादी नेतृत्व र युवा आन्दोलनले प्रेरक व्यक्तित्व गुमाएको छ।

प्रकाशित मिति: : 2021-05-13 15:11:00

प्रतिकृया दिनुहोस्