अभिनेत्री बन्नुभन्दा पहिले 'कार्यक्रम होस्ट' थिइन् रिया चक्रवर्ती

Web Live News
Web Live News

बलिउड अभिनेत्री रिया चक्रवर्तीको नाम दिवगंत अभिनेता सुशान्त सिंह राजपुतसँग जोडिरहन्छ।

'एमटिभी इन्डिया'मा एक प्रस्तोताको रुपमा करियर शुरु गरेकी रियाले सन् २०१३ मा आशिमा चिब्बरद्वारा निर्देशित चलचित्र 'मेरे ड्याड के मारुती' बाट अभिनयमा डेब्यु गरेकी थिइन्। 

भारतको एक बंगाली परिवारमा जन्मिएकी रियाले आफ्नो पढाइ भने आर्मी स्कुलबाट पूरा गरेकी थिइन्। 

सन् २०१४ मा रियाको 'सोनाली केबल' रिलिज भएको थियो। जसले उनको नामलाई सफल अभिनेत्रीको सूचीमा स्थापित गर्न सहयोग गर्यो। त्यस्तै सन् २०१७ मा उनका तीन चलचित्रहरु रिलिज भए, 'दोबारा सी योर एविल', 'हाल्फ गर्लफ्रेन्ड' र 'बैंक चोर'। 

सन् २०१८ मा रिलिज भएको चलचित्र 'जेलेबी' ले पनि बक्स अफिसमा राम्रो सफलता पायो। 'चेहरे' लाई पनि उनको बहुप्रतिक्षित चलिचित्रको रुपमा लिइन्छ। जुन, २०२० मा रिलिज भएको थियो।

प्रकाशित मिति: : 2021-05-13 11:41:00

प्रतिकृया दिनुहोस्