अस्पतालमा बेड थप्नुपर्ने बेला मसानघाटमा चिता थपिरहेको सरकार

शिलापत्र

काठमाडौं
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा काेभिड संक्रमित विरामी
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा काेभिड संक्रमित विरामी

ठमाडाैंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आँगनमा बत्तिँदै आइपुगेको एम्बुलेन्सबाट एक व्यक्ति हतारिँदै ओर्लिए। काेभिड–१९ बाट संक्रमितका आफन्त उनले चिकिस्तक भालेश्वर यादवसँग याचना गरे, ‘डा. सा'ब बिरामी राख्नुपर्‍यो।’

अस्पतालको आँगनकाे बेञ्चमा राखिएका संक्रमितको अक्सिजन तह नापिरहेका यादवले जवाफ दिए, ‘यहाँ त ठाउँ नै छैन, यी हेर्नुहोस् त।’ यति भनेर डा. यादवले अस्पतालको आकस्मिक कक्षको ढोकाबाहिरै बेञ्च, कुर्सी र भुइँमा राखिएका दर्जनभन्दा बढी बिरामी देखाए।

‘अन्त कतै ठाउँ छैन डा. सा'ब ?,’ ती व्यक्तिले हात जोड्दै गुहार मागिरहे, ‘केही त उपाय होला ?’

‘कहाँ राख्ने तपाईं नै भन्नुहोस् त ?,’ यादवले उल्टै सोधे।

ललितपुरको लुभुदेखि उपत्यकाका सबै अस्पताल चहारेर बेड नपाएपछि उनी अन्तिम आस लिएर टेकु आइपुगेका थिए। टेकुमा पनि बिरामी राखिएन भने अन्यत्र कतै राख्न सकिँदैन भन्ने थाहा पाएरै होला, उनले पिठ्युँमा बोकेरै आफ्नो बिरामी एम्बुलेन्सबाट ओराले।

बिरामीलाई चिसो पिँढीमा बसाएर उनी फेरि यादवसँग गुहार माग्दै अड्डी कस्न थाले, ‘मलाई थाहा भएन जहाँसुकै राख्नुहोस्। कि त तपाईंले जाउ मर भनेर पठाउनुपर्‍यो।’

‘डुबतेको तिन्का सहारा’ (डुबिरहेको मान्छेलाई सानो त्यान्द्रो पनि सहारा) भनेजस्तै केही सीप नचलेपछि यादवले एउटा कुर्सी खोजेर ल्याए। अनि बिरामीलाई त्यही कुर्सीमा राखेर अक्सिजन दिन थाले। अस्पतालको आँगनमा यसरी ‘मारे मार, बचाए बचाऊ’ भन्दै बिरामी र उनका आफन्तकाे आर्तनाद छिनछिनमै सुनिन्छ।

प्रकाशित मिति: : 2021-05-13 07:47:00

प्रतिकृया दिनुहोस्