भारतले ओलीलाई प्रयोग गरेर नेपालका बामपन्थी कमजोर बनाउन खोजेको हाे ?

शिलापत्र

काठमाडाैं

‘नेपालमा गठबन्धन सरकार निर्माणको सम्भावना न्यून बन्दै गएकाले बरु थप संकटको सामना नेपाली राजनीतिले गर्नुपर्ने देखिन्छ।

गठबन्धन सरकार निर्माणका निम्ति कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी एकै ठाउँमा उभिनुपर्छ। तर जसपाका नेता महन्थ ठाकुरले सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरे। उनको यो निर्णय भारतको सुझाव अनुसार छ,’ भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले मंगलबार आफ्नो सम्पादकीयमा लेखेको छ।

सम्पादकीय मार्फत उसले नेपाल कोरोना महामारीबाट गुज्रिएको अवस्थामा त्यसलाई नियन्त्रण तथा रोकथामका लागि  पूर्ण कार्यकारी अधिकार सहितको सरकार तत्कालै गठन हुनुपर्छ, यो अवस्था दिल्ली आफ्नो एजेण्डाबाट पछि हट्दै नेपालमा ‘अर्ग्यानिक’ (स्वभाविक) तबरले सरकार गठनमा सहयोग पुर्‍याउनुपर्छ  भनेको छ।

मंगलबार नै सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रमन्यम स्वामीले ट्वीटमार्फत भने- ‘ओली भारतको चाहना थिए। यदि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए भने त्याे चीनको विजय हुनेछ।’

नेपालमा प्रधानमन्त्री चयनको प्रक्रिया सुरु भइरहँदा भारतको संस्थापन पक्षले यसरी आफ्नो धारणा सार्वजनिक गरेको छ। हिन्दुस्तान टाइम्सको सम्पादकीय होस् वा भाजपा नेता स्वामीको अभिव्यक्ति दुवैले प्रष्ट पारेका छन्- भारत प्रधानमन्त्रीमा ओलीकै निरन्तरता चाहना छ।

प्रकाशित मिति: : 2021-05-12 20:13:00

प्रतिकृया दिनुहोस्