कोरोना संकटकै बीच रातो मच्छिन्द्रनाथको रथारोहण (तस्वीरसहित)

शनि शाक्य

ललितपुर

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ। 

हरेक वर्ष वैशाख शुक्ला पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज रथारोहण गरिएको हो। 

रथारोहणको साइत बिहानै थियो। सोही समयमा साङ्केतिक रुपमा मच्छिन्द्रनाथलाई हल्लाउने काम गएको थियो। निर्माणको काम बाँकी रहेकोले दिउँसो ५ बजेपछि मात्रै रथारोहण गरिएको  थियाे। 

उपत्याकाको सबै भन्दा लामो जात्राका रुपमा मानिने मच्छिन्द्रनाथ हरेक वर्ष हर्ष र उल्लासका साथ मानाइने गरिन्छ। यसवर्ष भने, कोरोना महामारीका कारण जात्रालाई औपचारिकतामा सिमित गरिएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यसवर्षको रथारोहण गरिएकाे हो। 

रथारोहण गरिएको ४ दिनपछि मच्छिन्द्रको रथ तान्ने गरिन्छ। कोरोना संकटकै करण यसवर्ष रथयात्राको औपचारिक रुपमा गर्ने निर्णय भएको गुठी संस्थानले जनाएको छ। 

रथारोहणमा स्थानीयहरुको सहभागितामा प्रतिबन्ध लगाइएको थियो। 


काेराेना संकटमा पनि राेकिएन 'रातो मच्छिन्द्रनाथ'को जात्रा, सर्वसाधारणलाई भने निषेध (भिडियाेसहित)

प्रकाशित मिति: : 2021-05-12 19:45:00

प्रतिकृया दिनुहोस्