निषेधाज्ञाको साइड इफेक्ट भन्सार र राजस्वमा : आयात र निर्यातको के छ अवस्था ?

वीरगञ्जको भन्सार कार्यालय प्रमुख चपेटामा

रातोपाटी

काठमाडाैं

कोरोना सङ्क्रमणको दोस्रो लहरले  निषेधाज्ञाको साइड इफेक्ट विस्तारै मुलुकका भन्सार कार्यालहरूमा देखिन थालेको छ।

कोरोना भाइरसको तीव्र सङ्क्रमण रोकथाम गर्न सरकारले निषेधाज्ञा घोषणा गरेको करिब दुई साता पनि नबित्दै यसको प्रभाव मुलुकको आयात, निर्यात र राजस्व सङ्कलनमा देखिन थालेको भन्सार कार्यालहरूले बताएका छन्।

यस्तो प्रभाव बन्दाबन्दीका बेला नाकाको अवरोध वा आयात, निर्यातमा प्रतिबन्ध लागेर नभई बजार अभावका कारण व्यवसायीले नै मालसामान ल्याउन नचाहेकाले देखिएको भन्सार कार्यकालहरूको भनाइ छ।

यद्यपि दक्षिण (भारत) तर्फका नाकाबाहेक उत्तर (चीन) तर्फका नाका भने अहिले पनि साबिककै रूपमा सञ्चालन भइरहेको भन्सार विभागले जनाएको छ।

‘अहिलेसम्म उत्तर–दक्षिण कुनै पनि भन्सार नाकामा निषेधाज्ञाको अवरोध आएको वा आयात–निर्यातमा समस्या आएको सूचना आएको छैन। हालसम्म साबिककै परिमाणमा आयात– निर्यात भइरहेको भन्ने पाएका छौँ। जहाँसम्म कोभिड–१९ को प्रभावको कुरा छ, तुलनात्मक रूपमा उत्तरतर्फ भन्दा दक्षिणतर्फका नाकाहरू प्रभावित बन्दै गएको सुन्नमा आएको छ। तर त्यता पनि केकति प्रभाव परेको छ, त्यो भने अहिले नै यकिन भइसकेको छैन। केही दिनमा नतिजा आउँला’ भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले बताए।

प्रकाशित मिति: : 2021-05-12 11:50:00

प्रतिकृया दिनुहोस्