लकडाउन उल्लंघन गरेको आरोपमा बिहारका पूर्व सांसद पप्पू यादव पक्राउ

Photo - livehindustan
Photo - livehindustan

बिहारका पूर्व सांसद तथा जाप केन्द्रीय अध्यक्ष पप्पू यादव मंगलबार पक्राउ परेका छन्।

उनी लकडाउन उल्लंघन गरेको आरोपमा पटनाको मन्दिरीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्।

पूर्व सांसद यादवलाई जारी लकडाउनकै बीच सोमबार अनुमति बिना सरकारी कार्यालयमा पुगेर काममा अबरोध गरेको आरोप छ।

बिहार प्रहरीका अनुसार यादवले पार्कमा थन्काएर राखिएका एम्बुलेन्स समेत तोडफोड गरेका थिए।

मन्दिरी प्रहरी चौकीमा उनीविरुद्ध लकडाउन उल्लंघन गरेको र भीडभाड जम्मा गरेको आरोपमा मुद्दा दर्ता भएपछि मंगलबार बिहानै पक्राउ गरिएको हो।

प्रकाशित मिति: : 2021-05-11 12:07:00

प्रतिकृया दिनुहोस्