१५ हजार बढीको स्वाब संकलन गरिसकेका भरत भन्छन्- अहिलेसम्म आफ्नो परीक्षण गर्नु परेको छैन

लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डअघि स्वाब संकलन केन्द्र छ।

बिहान ८ बजेदेखि स्वाब दिनेहरूको लाइन लाग्छ। त्यही लाइन मिलाउन, स्वाब झिक्न, मान्छेहरूलाई सम्झाउन व्यस्त हुन्छन् भरत क्षेत्री। उनी एकछिन टुसुक्क बस्नसमेत पाउँदैनन्।

बुटवलको चर्को गर्मी, टाउकोदेखि हातखुट्टा समेत ढाकिने गरी प्लाष्टिकको पिपिई अनि अनुहारमा फेससिल्डभित्र पसिनाले निथ्रुक्क भिज्छ शरीर।

गत वर्षदेखि उनको दैनिकीको धेरै समय शरीरमा पिपिई लगाएरै बित्छ।

एक वर्षअघि उनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना उपचार कक्षमा करार सेवामा भर्ना भएका थिए।

बिहान ८ देखि दिउँसो २ बजेसम्म नै स्वाब संकलनमा व्यस्त हुन्छन्।

यस्सो फुर्सद भएका बेला उनले कोरोनाबाट बच्न के गर्ने भनेर सावधानीका उपाय बताइदिन पनि भ्याइहाल्छन्।

प्रकाशित मिति: : 2021-05-11 10:43:00

प्रतिकृया दिनुहोस्