भारतः अक्सिजन अभाव हुँदा ११ कोरोना संक्रमितको मृत्यु

Livehindustan
Livehindustan

भारतको आन्ध्रा प्रदेसस्थित सरकारी अस्पतालमा अक्सिजन अभाव हुँदा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

अस्पतालमा उपचारका लागि भर्ना भएका उनीहरूको अक्सिजन अभावले मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। देशभर कोरोना महामारी तीब्र रुपमा फैलिएसँगै अस्पतालमा अक्सिजनको हाहाकार नै छ। 

अक्सिजन सप्लाईको क्रममा पाँच मिनेट ढिलो गर्दा समेत कोरोना संक्रमित बिरामीको ज्यान जाने अवस्था रहेको चिकित्सकहरू बताउँछन्। 

तिरुपतिको रुइया कोरोना अस्पतालमा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाएको स्थानीय हरि नारायणले जनाएका छन्। अचानक अक्सिजन अभाव भएपछि ११ बिरामीले ज्यान गुमाउनुपरेको उनको भनाइ छ। 

अस्पतालमा कोरोना संक्रमित बिरामीसँगै अन्यको पनि उपचार भइरहेको अस्पतालकी निर्देशक डा. भारतीले बताइन्। उनले भनिन्, ‘यहाँ अहिलेसम्म नौं जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। कोरोना र अन्य बिरामी पनि भर्ना हुन्छन्। बिरामी बढेसँगै अवस्था गम्भीर छ।’

रुइया कोरोना अस्पतालमा सात सय संक्रमितहरूकाे उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2021-05-11 09:12:00

प्रतिकृया दिनुहोस्