मेलिन्डाले विल गेट्ससँग सम्बन्धविच्छेदका लागि सन् २०१९ देखि नै वकिलसँग सल्लाह गरिरहेकी थिइन्

एजेन्सी

न्यू योर्क
Photo : Getty image

'द वाल स्ट्रिट जर्नल'बाट विल र मेलिण्डा गेट्सको सम्बन्धविच्छेदको तयारी धेरै अगाडिदेखि चलिरहेको रहष्य खुल्न आएको छ।

गेट्सबाट सम्बन्धविच्छेदको लागि श्रीमती गेट्सले मुद्दा दायर गर्नुभन्दा झन्डै दुईवर्ष अघि वकिलहरूसँग परामर्श लिएकी थिइन्। अब उनीहरूको वैवाहिक सम्वन्ध 'पुन:नजोडिने गरी भाँचिएको हो' वाल स्ट्रीट जर्नलले लेखेको छ।

५६ वर्षे समाजसे मेलिण्डाले सन् २०१९ देखि विभिन्न वकिलसंग २५ वर्ष भन्दा धेरैको वैवाहिक जीवनलाई खोतल–खातल पारेर देखाइदिएकी थिइन्।

पछिल्लो सोमबार अरबपति दम्पतिले संयक्त बयान विल गेट्सको ट्विटरवाट वाहिरिएको थियो। जसमा भनिएको थियो 'हामी अब उप्रान्त एक दम्पतिका रुपमा अर्को चरणको जीवन सँगसँगै अगाडि बढ्न सक्छ भन्ने कुरामा विश्वस्त छैनौं।' संयुक्त बयानले जोडीलाई विभाजित हुन के कुराले प्रेरित गर्यो खुलाएको छैन।

विल गेट्सले सजाय पाएको यौन अपराधी जेफ्री एपस्टेनसँग भेटघाट नै श्रीमती गेट्सका लागि संकाको एउटा महत्वपुर्ण स्रोत अनुमान गरिन्छ। विल र मेलिंडा गेट्स फाउन्डेशनका एक पूर्व कर्मचारीका अनुसार श्रीमती गेट्सको चिन्ता सन् २०१३ तिरको सम्बन्धको हो। गुपचुप रहेको यो सम्वन्धलाई अगाडि बढाउने वा सकाउने भन्ने वारे दम्पतीले कोविड–१९ महामारी अवधिभर कुराकानी गरिरहेका थिए। गेट्स दम्पतिका १८ वर्ष वा सो भन्दा बढी उमेरका तीन सन्तानरू छन्। कान्छो चाहिँ हाई स्कूल सिनियरमा पढ्छन्।

जर्नलले समीक्षा गरेको कागजातहरूका अनुसार, श्रीमती गेट्स र उनका सल्लाहकारहरूले अक्टूबर २०१९ मा धेरै फोनवार्ता गरेका थिए। न्यु योर्क टाइम्सले गेट्सले जेफ्री एपस्टेनसँग धेरै पटक भेट गरेको समाचार बाहिर ल्याएको थियो। एकपटक गेट्स राती अबेरसम्म एपस्टाइनको म्यानहट्टन टाउनहाउसमा विताएको समेत समाचार बाहिएको थियो।

गेट्सका प्रवक्ता ब्रिडगिट अर्नोल्डले सन् २०१९ मा भनेका थिए 'सफ्टवेयर सम्माट र एपस्टेनले परोपकार कामका बारेमा छलफल गर्न धेरै पटक भेट गरेका थिए। तर बिल गेट्सले एपस्टेनसँग भेट गरेकोमा पछुताएको र उनलाई भेटनु गलत निर्णय भएको समेत स्वीकारेका थिए। यौन दुराचारीको आरोप लागेका जेफ्री एपस्टेनको अगस्त २०१९ मा जेलभित्र रहस्यमय मृत्यु भएको थियो।

'महिला र केटीका लागि विश्वव्यापी वकालत गर्ने श्रीमति गेट्सले एपस्टाइनसँग सन् २०१३ मा उनीहरूले भेटेपछि उनी अप्ठ्यारोमा परेको श्रीमानलाई बताएकी थिइन्,' गेट्स फाउन्डेशनका पूर्व कर्मचारीले भनेकी थिइन्।

गेट्स र गेट्स फाउन्डेसनका केही कर्मचारीहरूले जेफ्री एपस्टेनसँगको सम्वन्धका बारेमा नकारात्मक चासोको बाबजुद पनि विल गेट्सले सम्बन्ध कायम राखेका थिए। 'डेली विष्टु'ले यसअघि सन् २०१३ गेट्स र एपस्टेनको भेट बारे श्रीमती गेट्सको चासो बारेमा समाचार रिपोर्ट समेत गरेको थियो।

सेप्टेम्बर २०१९ मा 'द वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा एपस्टाइनसँग उनको सम्बन्धको बारेमा सोध्दा गेट्सले भनेका थिए , 'मैले उनलाई भेटेंको हो, तर उनीसँग मेरो कुनै व्यापारिक सम्बन्ध वा मित्रता थिएन।'

६५ बर्षे गेट्सका प्रवक्ताले गत शुक्रबार सम्बन्धविच्छेदको टिप्पणी गर्न अस्वीकार गरे। श्रीमती गेट्सका प्रवक्ताले पनि विच्छेदको कारणबारे साेधिएका प्रश्नहरूको जवाफ दिइनन्। २०२० को शुरुमा गेट्स दम्पतीले दाभोस, स्विट्जरल्याण्डमा आयोजित विश्व आर्थिक फोरममा भाग नलिने निर्णय गरेकोले नै चकित पारेका थिए।

विश्वभरका नेताहरूको वार्षिक जमघटमा यी शक्तिशाली दम्पतीले वर्षौंदेखि भाग लिदै आइरहेका थिए। तर, केही महिनापछि १३ मार्चमा माइक्रोसफ्ट कर्पोरेशन र बर्कशायर ह्याथवेको बोर्डबाट राजीनामा गर्ने गेट्सले खुलासा गरेका थिए। माइक्रोसफ्टका सहसंस्थापकले उनले आफ्नो परोपकारी कार्यमा बढी ध्यान दिने योजना बताएका थिए। परिचित ब्यक्ति र कागजातहरूका अनुसार त्यतिबेलासम्म गेट्स दम्पति आफ्नो विशाल सम्पत्ती बाँडफाँड गर्न पहिले नै छलफलमा थिए। दुबै पक्षका कानुनी टोलीहरू मध्यस्थसँग छुट्टिने कुरामा गोप्य रूपमा छलफल गरिरहेका थिए।

श्रीमति गेट्सको कानुनी टिमले त्यसवेलादेखि न्यु योर्कका सम्बन्ध विच्छेद वकिल रोवर्ट स्टेफन कोहेनको समावेस गेरको थियो। कोहेनले माइकल व्लुमबर्ग, हेन्री क्राविस र इभाना ट्रम्पको सम्बन्ध विच्छेदमा प्रतिनिधित्व गरेका थिए। गेट्ससँग फर्म मुंगरका पार्टनर रोनाल्ड ओल्सन, टोल्स र ओल्सन एलएलपी जसले मार्क जुकरबर्गलाई प्रतिनिधित्व गरेका जस्ता स्टार वकिलहरु थिए। 

ओल्सन बर्कशायर ह्याथवेमा एक बोर्ड सदस्य हुन्, जहाँ उनी गेट्स र श्रीमती गेट्सको मिल्ने साथी वारेन बफेटसँगै बस्थे। मे ३ को सम्बन्धविच्छेद दर्तामा दम्पतीले आफ्नो सम्पत्ति विभाजन गर्न बिभिन्न करारमा सहमति जनाइसकेका थिए।

फोर्ब्सले १३० बिलियन डलर अनुमान गरेको थियो। उनीहरूको सम्पत्ति वाशिंगटन राज्यको १ सय ३१ मिलियन डलरको लेकसाइड कम्पाउन्ड, एक दुर्लभ लिओनार्डो दा भिन्सी नोटबुक र माइक्रोसफ्ट र फोर सीजन होटेलमा लगानी छ। गत साता गेट्सको लगानी फर्मले लगभग २.४ बिलियन डलरको सार्वजनिक कम्पनी सेयरहरू श्रीमती गेट्सलाई स्थानान्तरण गर्‍यो। यसमा कार डिलरशिप, मालिक अटोनेसन इंक, एएन, मेक्सिकको लगानी र क्यानाडाली रेलमार्ग समावेश छ।

गेट्स दम्पति फाउन्डेसनमा सहअध्यक्षको रुपमा रहिरहने र सम्बन्धविच्छेद पछि पनि संयुक्त रूपमा नेतृत्व गर्ने बताएका छन्। 'हामी त्यो अभियानमा विश्वास बाँडिरहेनेछौ' ट्विटर बयानमा भनिएको छ।

श्रीमती गेट्सले बेलवेभ्यु, वाश, पारिवारिक घरको नजिक र फाउन्डेशनको मुख्यालयमा आफ्नो सम्बन्द विच्छेद निवेदनमा हस्ताक्षर गरिसकेकफ छन भने गेट्सले पाम डेजर्ट, क्यालिफोर्नियाबाट कागजातमा हस्ताक्षर गरेका छन्।

'द वाल स्ट्रिट जर्नल'बाट

प्रकाशित मिति: : 2021-05-12 06:06:00

प्रतिकृया दिनुहोस्