अक्सिजन आपूर्तिबारे सरकारको ‘अमानवीय’ निर्णय, संकटमा पर्न थाले अस्पतालहरु

देशसञ्चार

काठमाडौँ

 प्रतिभा चन्द

 

अक्सिजन आपूर्तिका लागि सरकारमार्फत अनुमति लिनुपर्ने भएसँगै अस्पताल र बिरामीको छटपटाहट सुरु भइसकेको छ।

सरकारले निर्णय गरेको भोलिपल्टै उपत्यकाका अधिकांश अस्पतालले ‘अक्सिजन अभाव’का कारण ठूलो संख्यामा बिरामी संकटमा परेका छन्।

अस्पतालले अक्सिजनको कारण देखाउँदै बिरामीलाई घर लैजान वा अन्य ठाउँमा सार्न दबाब दिन थालेपछि बिरामीका आफन्तमा आक्रोश र निराशा बढेको छ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै उपत्यकाका सरकारी र अधिकांश निजी अस्पतालले पनि संक्रमितको उपचार गरिरहेका छन्। निरन्तर सेवा दिइरहेका छन्।

यसपटक अस्पताल भर्ना भएकामध्ये ८० प्रतिशतभन्दा बढी संक्रमितलाई अक्सिजन अनिवार्य रहेको विज्ञहरूले बताएका छन्।

यही अवस्थामा सरकारले गरेको निर्णयका कारण बिरामी ज्यान गुमाउन बाध्य हुने उनीहरू बताउँछन्।

अस्पतालमा राखिएका बिरामीलाई जुनसुकै बेला पनि अक्सिजन चाहिन सक्छ। तर सरकारले गरेको निर्णयअनुसार अब कुनै पनि अस्पतालले भनेका बेला अक्सिजन आपूर्ति गर्न सक्ने अवस्था छैन।

आवश्यक तयारी गर्नुपर्ने बेला सरकार अत्तालिएर बेतुकको निर्णय गर्दा अक्सिजन अभावका कारण हुने प्रत्येक व्यक्तिको मृत्युको जिम्मा सरकारले लिनुपर्ने पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा बताउँछन्।

प्रकाशित मिति: : 2021-05-09 21:21:00

प्रतिकृया दिनुहोस्