माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ

Abhitak
Abhitak

माल्दिभ्स प्रहरीले आइतबार पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नशीदमाथिको आक्रमणमा सम्लग्नता रहेको भनी आरोपित तेस्रो व्यक्ति पक्राउ गरेको छ। 

आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिवार पक्राउ गरी अनुसन्धान सुरू गरेको बताइएको छ। 

'मे ३ मा पूर्व राष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राऊ गरिएको छ' माल्दिभ्सको प्रहरीले ट्वीट गरी जानकारी गराएको छ। आज पक्राउ परेका आरोपित उक्त आक्रमणको ‘प्रमुख’ योजनाकारसमेत रहेको विश्वास प्रहरीले गरेको छ। 

राजधानी मालेमा बिहीबार बम बिष्फोटनमा ५३ वर्षीय नशीद घाइते भएका थिए। उनी अस्पतालमा उपचाररत हुनुहुन्छ भने स्वास्थ्यमा क्रमशः सुधार आएको बताइएको छ। नशीदको घरनजिकै भएको उक्त घटनामा दुई अन्य व्यक्ति घाइते भएका थिए। 

घाइते हुनेमा नशीदका अङ्गरक्षक र जसलाई एक विदेशी नागरिक पैदल यात्री घाइते भएका थिए। प्रहरीले नशीदमाथि भएको आक्रमणलाई आतङ्कवादी आक्रमण बताएको छ। एएनआई

प्रकाशित मिति: : 2021-05-09 18:47:00

प्रतिकृया दिनुहोस्