परस्पर बाझिने नीति– नागरिकलाई घरमै थुन्ने, घरमै सामान पुर्‍याइदिन्छु भन्नेलाई हिँड्न नदिने !

लोकान्तर

काठमाडाैं

निषेधाज्ञाको समयमा नागरिकहरू बजारमा निस्किँदा भीडभाड हुने भएकाले अनलाइन शपिङ तथा होमडेलिभरी सेवा निकै प्रभावकारी मानिन्छ।

पछिल्लो समय नेपालमा पनि घरमै बसीबसी सामान मगाउने ट्रेन्ड पनि बढिरहेको छ।

तर, काठमाडौं उपत्यकामा हाल जारी निषेधाज्ञामा होमडेलिभरी सेवामा समेत रोक लगाइँदा उपभोक्ता र व्यावसायी दुवै मारमा परेका छन्।

निषेधाज्ञाका बीचमा उपभोक्ताहरू सामान किन्न बाहिर जान नपाउँदा अनलाइन शपिङमा डिमान्ड बढिरहेको छ, तर डेलिभरी सेवा ठप्पप्रायः छ।

उपत्यकामा विभिन्न किसिमका कम्पनीहरूले घरसम्मै सामान ल्याइदिने व्यवसाय गरिरहेका छन्।

धेरै नै आक्रामक रूपमा बजार विस्तार गर्दै गरेको होमडेलिभरी सेवालाई अहिले सरकारले प्रायोरिटीमा नराख्दा समस्या आएको व्यवसायीहरू बताउँछन्।

प्रकाशित मिति: : 2021-05-09 14:40:00

प्रतिकृया दिनुहोस्