बेलायतले १२ देशलाई कोभिड 'ग्रीन सूची'मा राख्यो- नेपाल, माल्दिभ्स र टर्कीलाई थप कडाई

फोटो- रोयटर्स

बेलायतले मे–१७ बाट १२ गन्तब्यलाई कोभिड 'ग्रीन सूची'मा राख्ने घोषणा गरेको छ। आफ्ना नागरिकलाई विदेश जान र क्वारनटिनको आवश्यकता बिना नै घर फर्कन अनुमति दिएको गार्जियनले उल्लेख गरेको छ।

'ग्रीन सूची'मा रहेका १२ देशहरूमा अष्ट्रेलिया, न्यूजील्याण्ड, सिंगापुर, ब्रुनेई, आइसल्यान्ड, फारो टापु, जिब्राल्टर, फाल्कल्याण्ड टापु, इजरायल र पोर्चुगलसहित अजोरेस र माडेइरा छन्। दक्षिण जर्जिया र दक्षिण स्यान्डविच टापु, र सेन्ट हेलेना, एसेन्सन र ट्रिस्टन दा कुन्हाको क्षेत्र पनि छन्।

यात्रामा निस्केका वेलायती नागरीकलाई मे १७ गते देखि फर्कदा क्वारेन्टाइनमा वस्न नपर्ने बीबीसिले जनाएको छ। तर नेपाल, माल्दिभ्स र टर्की जस्ता तीन देशमा भने प्रतिबन्धमा थप कडाई गरेकाे छ।

यातायात सचिव ग्रान्ट श्याप्सले विदेश यात्रामा कडा प्रतिबन्धको सहजता पहिलोपटक घोषणा गर्दै चाँडै नै विदेशी छुट्टीहरू बुक गर्न र विदेशमा बस्ने साथीहरू वा आफन्तहरूलाई भेट्न जान सक्ने बताएका छन्।' उनले डिजिटल खोप पासपोर्ट पनि उपलब्ध गराउने योजनाको घोषणा समेत गरे।

फ्रान्स, इटाली र स्पेनबाट फर्केका आफ्ना नागरिक पाँच दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियम रहेको छ।

विश्व यात्रा र पर्यटन परिषदका अध्यक्ष ग्लोरिया गुवेराले बेलायत धेरै सतर्क भइरहेको छ र चाँडै खोप रोलआउटबाट हासिल गरेको कडा प्रतिस्पर्धी फाइदा गुमाउने जोखिम बताए।

यातायात सचिव श्याप्सले विदेश भ्रमण गर्न खोज्ने व्यक्तिहरूले कुनै नयाँ प्रतिबन्धमा लागू हुने रोकथाम जाँच गर्नुपर्ने र कोभिडको स्थिति परिवर्तन भएमा फिर्ता नहुने यात्रा बुक नगर्न सुझाव दिएका छन्।

प्रकाशित मिति: : 2021-05-09 07:39:00

प्रतिकृया दिनुहोस्