कीर्तिमानी आरोही कामिरिता शेर्पा २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।
उनी सगरमाथाको नयाँ उचाई ८८४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि आरोहण गर्ने पहिलो आरोही बनेका छन्।
शुक्रबार बेलुकी ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेकेको पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ।
उनीसँग अन्य १२ जना शेर्पा पनि सगरमाथाको चुचुरोमा पुगेका थिए।
आरोहण गर्नेमा कामिरितासहित फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, ङ्गीमा तेन्जी शेर्पा, मिङ्गमा तेन्जी शेर्पा, फुरा छिरिङ्ग शेर्पा, तेन्जिङ्ग शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ्ग ग्याल्जेन शेर्पा, फुर्बा छोतार शेर्पा, मिङ्गमा दोर्ची शेर्पा र फुर्बा कुसाङ्ग शेर्पा रहेका छन्।
पहिलोपटक सन् १९९४ को मे १३ मा सगरमाथा आरोहण गरेका कामिरिताले त्यसयता २५ पटक उचाइ चुमेका हुन्।