डाक्टरलाई २४ सै घन्टा अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गरिरहेको अस्पताल

युवराज श्रेष्ठ

 

'अक्सिजन दिएर राख्नुपर्ने बिरामी छ, आइसोलेसन बेड खाली छ कि छैन?'

पोखराको लेखनाथस्थित संक्रामक तथा सरूवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनलाई आउने फोनमा धेरैले यही प्रश्न गर्छन्। उनले आफ्नो अस्पतालमा जम्मा ५० बेड आइसोलेसन भएको र अस्पतालको आकस्मिक कक्षमा समेत कोरोना संक्रमित राखेर उपचार गर्नु परेको जवाफ फर्काउँछन्।

बिरामीका आफन्त हुन् वा उच्चपदस्थ व्यक्तिले उनलाई बेड मिलाउन अनुरोध गरिरहेका हुन्छन्। उनले पनि आकस्मिक कक्षमै राखेर भए पनि उपचार गर्न बिरामी बोलाउँछन्। अस्पतालको आकस्मिक कक्षमा राख्ने गरी बुधबार ३ जना कोरोना संक्रमित थपिए।

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गर्न यही अस्पताललाई तोकेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार भइरहेको छ।

कोरोना संक्रमितको उपचार गर्न प्रेदश सरकारले तोकेको सरकारी अस्पताल भएकै कारण उक्त अस्पतालमा भने अन्यत्रभन्दा बिरामीको चाप बढी छ।

 

प्रकाशित मिति: : 2021-05-07 11:25:00

प्रतिकृया दिनुहोस्