कोलम्बियामा भएको प्रदर्शनमा ३१ मृत्यु, ८७ जना बेपत्ता

Photo : Revolt.tv
Photo : Revolt.tv

दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघि सारेको कर वृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन् भने अरु ८७ जना बेपत्ता भएको अधिकारीहरुले पुष्टि गरेका छन्। यो विवरण पछिल्लो एक हप्ताको मात्रै भएको इन्स्टीच्युट फर डेभलपमेन्ट एण्ड पिस स्टडीजले जनाएको छ।

मृत्यु भएका मध्ये सबैभन्दा धेरै २४ जना देशको पश्चिमी काली सहरमा मृत्यु भएको सो संस्थाले जानकारी दिएको छ। कोलम्बियामा ग्यासको मूल्यबृद्धि भएको र कर सम्बन्धी विधेयकमा गलत संशोधन गरिएको भन्दै विरोध प्रदर्शनहरु भइरहेका छन्।

राष्ट्रपति इभान डुक्युले संशोधनका बारेमा पुनर्विचार गर्न सकिने आइतबार बताए पनि आन्दोलन भने जारी नै रहेको छ। आन्दोलन देशव्यापी हुँदै गएको छ। 

प्रकाशित मिति: : 2021-05-07 06:40:00

प्रतिकृया दिनुहोस्