सीता पौडेल प्रदेश प्रमुख कि एमाले ओली पक्षको प्रवक्ता ?

 विशन क्षेत्री

 प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद निर्णय र राष्ट्रपतिको लालमोहरबाट नियुक्त भई शपथ खाएकी गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेल स्वयम्ले, “उनी एक एमालेको ओलीपक्षीय निष्ठावान कार्यकर्ता रहेको पुष्टि” पदबहालीकै दिन गरिन् ।

माओवाादी पृष्ठभूमि भएकै कारण लोकतान्त्रिक आन्दोलनमा सक्रिय, शान्ति सम्झौतादेखि नेकपा एकतामा सक्रिय अमिक शेरचनलाई हालको सरकार डेढ वर्षमा नै बर्खास्त गरी ओली पक्षीय सीताकुमारी पौडेललाई गण्डकी प्रदेशमा गत मंगलबारको मन्त्रिपरिषद्ले नियुक्त गरेको थियो ।

सोही नियुक्ती पाएपछि बुधबार पदबहाली गर्न आइपुगेकी प्रदेश प्रमुख पौडेलले पहिलो बोलीमै सभामुखलाई दोषी करार गर्न भ्याइन् । संविधान, प्रदेशसभा नियमावलीअनुसार विपक्षी तीन दलले ल्याएको अविश्वास प्रस्ताव निष्क्रिय गरेको टिप्पणी गरिन् ।

प्रकाशित मिति: : 2021-05-05 22:02:00

प्रतिकृया दिनुहोस्