बिएल संवाददाता
कोरोना महामारीको फाइदा उठाएर बिरामीबाट चर्को रकम असुल्ने काठमाडौंका दुई वटा अस्पताललाई सरकारले कारवाही गर्ने चेतावनी दिएको छ।
कोरोना संक्रमितको उपचारमा मनपरी शुल्क लिएको भन्ने जनगुनासो बढेपछि सरकारले काठमाडौंका ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेजलाई स्पष्टीकरण साेध्दै चेतावनी दिएकाे हाे।
बिरामीलाई पूर्व आयोजित योजना अनुसार बाध्य बनाएर ठगि गर्न थालेपछि दुई अस्पताललाई आज (बुधबार) जिल्ला प्रशासन कार्यालय, काठमाडौं र स्वास्थ्य मन्त्रालयले सचेत गराएको हो।
स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको संकटमा एक अर्कालाई सेवा भावले सहयोग गर्नुको सट्टा बिरामीसँग अनावश्यक शुल्क असुलेर दुःख दिने काम गरेको भन्दै दुई अस्पतालप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले कुनै पनि अस्पतालले मनपरी शुल्क लिएको खण्डमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नसमेत आग्रह गरेको छ।
दुई वटै अस्पताललाई बोलाएर स्पष्टीकरण सोधिएको र चित्त बुझ्दो जवाफ नआएमा आवश्यक कारवाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिएल नेपाली सेवालाई बताए।
बिएल नेपाली सेवासँग कुरा गर्दै पराजुलीले भने, 'उपचार गर्न जाने बिरामीबाट ह्याम्स र केएमसीले मनपरी शुल्क लिएको गुनासो सुनियो। हामीले बोलाएर मौखिक तथा लिखित जवाफ मागेका छौं। चित्त बुझ्दो जवाफ नआएमा कानून अनुसार कारवाही हुन्छ।'
पछिल्लो समय कोरोना संक्रमणका बिरामीबाट ह्याम्स र केएमसीले मनपरी शुल्क लिने गरेको व्यापक गुनासो बढिरहेको छ।


यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया