बिएल संवाददाता
कोरोना महामारीको फाइदा उठाएर बिरामीबाट चर्को रकम असुल्ने काठमाडौंका दुई वटा अस्पताललाई सरकारले कारवाही गर्ने चेतावनी दिएको छ।
कोरोना संक्रमितको उपचारमा मनपरी शुल्क लिएको भन्ने जनगुनासो बढेपछि सरकारले काठमाडौंका ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेजलाई स्पष्टीकरण साेध्दै चेतावनी दिएकाे हाे।
बिरामीलाई पूर्व आयोजित योजना अनुसार बाध्य बनाएर ठगि गर्न थालेपछि दुई अस्पताललाई आज (बुधबार) जिल्ला प्रशासन कार्यालय, काठमाडौं र स्वास्थ्य मन्त्रालयले सचेत गराएको हो।
स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको संकटमा एक अर्कालाई सेवा भावले सहयोग गर्नुको सट्टा बिरामीसँग अनावश्यक शुल्क असुलेर दुःख दिने काम गरेको भन्दै दुई अस्पतालप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले कुनै पनि अस्पतालले मनपरी शुल्क लिएको खण्डमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नसमेत आग्रह गरेको छ।
दुई वटै अस्पताललाई बोलाएर स्पष्टीकरण सोधिएको र चित्त बुझ्दो जवाफ नआएमा आवश्यक कारवाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिएल नेपाली सेवालाई बताए।
बिएल नेपाली सेवासँग कुरा गर्दै पराजुलीले भने, 'उपचार गर्न जाने बिरामीबाट ह्याम्स र केएमसीले मनपरी शुल्क लिएको गुनासो सुनियो। हामीले बोलाएर मौखिक तथा लिखित जवाफ मागेका छौं। चित्त बुझ्दो जवाफ नआएमा कानून अनुसार कारवाही हुन्छ।'
पछिल्लो समय कोरोना संक्रमणका बिरामीबाट ह्याम्स र केएमसीले मनपरी शुल्क लिने गरेको व्यापक गुनासो बढिरहेको छ।


बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया