सनीराज शाक्य
पछिल्लो समय कोरोनाको दोस्रो लहरले विश्वका विभिन्न देशहरुमा अवस्था भयावह बन्दै गएको छ।
नेपालमा पनि दैनिक हजारौं संख्यामा कोरोना संक्रमित थपिरहेका छन्। कोरानाकै कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ।
महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले उपत्यकामा यही वैशाख १६ गते बाट एक साताको लागि निषेधाज्ञा लगाएका थियो। तर निषेधाज्ञा जारी गरे पनि कोरोना संक्रमितको संख्यामा न केही कमी आयो, न त मृत्यु हुनेको संख्यामा नै। झन् दिनहुँ कोरोनाको कारण मृत्यु हुनेको संख्याले देशबासीलाई त्रसित बनाउँदै गइरहेको छ।
यही विषयलाई मध्यनजर गर्दै सरकारले पनि वैशाख २२ गतेसम्मको लागि जारी निषेधाज्ञा लम्बाएर वैशाख २९ गतेसम्म पुर्याएको छ।

गत वर्षको लकडाउन (बन्दाबन्दी)ले नेपालीहरुलाई धेरै पाठ सिकायो। लकडाउनले सबै ठप्प बने। काम र व्यवसाय सबै बन्द भए। जसले दैनिक ज्याला र मजदुरी गरेर जीविका चलाउनेहरुलाई परिवार पाल्न मात्र सकस परेन, आफ्नै पेट पाल्नसमेत हम्मे हम्मे पर्यो।
अहिले जारी भएको निषेधाज्ञाले पनि उही अवस्था सिर्जना हुन थालेको छ।
उपत्यकाका विभिन्न ठाउँहरुमा दैनिक मजदुरी गरेर खानेहरु फेरी सडकमा देखिन थालेका छन्। आम्दानीका स्रोत सबै बन्द भएपछि उनीहरु पेट पाल्नकै लागि सडकमा भौतारिरहेका देखिन्छन्।
काठमाडौँका गौशाला, नयाँ बसपार्क, बसन्तपुर, कलंकी लगायतका क्षेत्रहरुमा भोका अनुहारहरु फेरि देखिन थालेका हुन्।
निषेधाज्ञाले रोजगारी गुमेपछि वसन्तपुरका पेटीहरुमा देखिएका केही भोका अनुहारहरु यस्ता छन्:

गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया