
सनीराज शाक्य
पछिल्लो समय कोरोनाको दोस्रो लहरले विश्वका विभिन्न देशहरुमा अवस्था भयावह बन्दै गएको छ।
नेपालमा पनि दैनिक हजारौं संख्यामा कोरोना संक्रमित थपिरहेका छन्। कोरानाकै कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ।
महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले उपत्यकामा यही वैशाख १६ गते बाट एक साताको लागि निषेधाज्ञा लगाएका थियो। तर निषेधाज्ञा जारी गरे पनि कोरोना संक्रमितको संख्यामा न केही कमी आयो, न त मृत्यु हुनेको संख्यामा नै। झन् दिनहुँ कोरोनाको कारण मृत्यु हुनेको संख्याले देशबासीलाई त्रसित बनाउँदै गइरहेको छ।
यही विषयलाई मध्यनजर गर्दै सरकारले पनि वैशाख २२ गतेसम्मको लागि जारी निषेधाज्ञा लम्बाएर वैशाख २९ गतेसम्म पुर्याएको छ।
गत वर्षको लकडाउन (बन्दाबन्दी)ले नेपालीहरुलाई धेरै पाठ सिकायो। लकडाउनले सबै ठप्प बने। काम र व्यवसाय सबै बन्द भए। जसले दैनिक ज्याला र मजदुरी गरेर जीविका चलाउनेहरुलाई परिवार पाल्न मात्र सकस परेन, आफ्नै पेट पाल्नसमेत हम्मे हम्मे पर्यो।
अहिले जारी भएको निषेधाज्ञाले पनि उही अवस्था सिर्जना हुन थालेको छ।
उपत्यकाका विभिन्न ठाउँहरुमा दैनिक मजदुरी गरेर खानेहरु फेरी सडकमा देखिन थालेका छन्। आम्दानीका स्रोत सबै बन्द भएपछि उनीहरु पेट पाल्नकै लागि सडकमा भौतारिरहेका देखिन्छन्।
काठमाडौँका गौशाला, नयाँ बसपार्क, बसन्तपुर, कलंकी लगायतका क्षेत्रहरुमा भोका अनुहारहरु फेरि देखिन थालेका हुन्।
निषेधाज्ञाले रोजगारी गुमेपछि वसन्तपुरका पेटीहरुमा देखिएका केही भोका अनुहारहरु यस्ता छन्:
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया